रवि लामिछानेलाई ३ वर्ष जेल र तीस हजार जरिवाना गर्दै सरकार,यस्तो छ कारण, यिनलाई जेल हाल्नु ठिक कि बेठिक



देशको लागि लडने मान्छे सहिद भएछ, देशद्रोही नै देशको येश मालिक भएछ ” देशप्रेमी पत्रकार रवि लामिछाने लाई ३ बर्स जेल र तीस हजार जरिवाना हुन सक्ने कुराले आज चिन्तित छु र निराश पनि छु ।

देशमा अराजकता मच्चाउने , दिनदहाडै लुटपाट , ठगि गर्ने जस्ताको बिरोध मात्र हैन बिल्लिबाठ लगाउन खोजेका रवि लामिछाने लाई जेल हाल्न खोज्नु कतिको उचित हो?

हिजो सर्बोच्च अदालतले हत्यारा भनेर साबित गरिएका बालकृष्ण ढुङ्गेल आज रिहा भए तर देशको लागि लडने पत्रकारलाइ दोशी ठहराउन खोज्ने , यो कस्तो नियम हो? हत्यारालाइ आम माफी दिने ओलि सरकार, एक असल पत्रकारलाइ चाहिँ जेल चलान गर्ने दाउमा छ ।

अनि हामी जनता चाहि तालि बजाउने मात्र हो? हामी चुप बस्दैनौ अब । येदि रविलाइ जेल हुने कुनै सजाए सुनाइएमा देशभरि चर्को बिरोध हुनेछ । होला केही कारणबस उनी आप्रबासी भए होला 2-४ बर्स देशको अबस्ता अनुसार । तर उनको आचरणमा खोट लगाउने ठाउँ भने कतै छैन ।

बरु, प्रधानमन्त्री केपि ओलिको आचरण मलाइ गलत लाग्छ। जनतालाइ हावा हावा गफ दिएर अनेक आशामा राख्ने तर काम भने सिन्को पनि नभाच्ने ओलिलाइ कारबाही गरे कसो होला? अस्तिसम्म बृद्धभत्ता भनेर उफृने ओलिले खै भनेको जति भत्ता देका? बुढाबुढिलाइ झुटो आश देखाउन लाज लाग्दैन र उनलाइ?? चुला चुलामा ग्यासको पाइप वाला बोली खै कता गयो?? आज 3 बर्स पूरा भयो येसो भनेको । खै रेलको परियोजना?

हत्यारालाइ किन रिहा गरेको?

अनगिन्ती गलत काम गरेका ओलिलाइ बरु ८-१० बर्स जेल हालौ । रवि लामिछाने जस्ता सपुतलाइ सबैले साथ दिउ। असल मान्चेलाइ जेल हाल्ने अनि गलत मान्छेलाइ रिहा गर्ने यो कस्तो प्रथा हो? के हामी हेरेर मात्र बस्ने हो? येदि रवि लाई जेल हाल्ने कुरा अगाडि बढेमा अबस्य सबैले बिरोध गर्नुहोला।

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने? उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न परेको बताए ।

उनले चाडै कारण पनि खुलाउने बताए । भावुक हुदै उनले भने , तीन त के तीस बर्स जेल राखेपनी गलत कामको बिरोधमा सधै आफू लागि पर्ने कुरा उनले बताए ।

उनलाइ जेल र 30 हजार जरिवाना किन? पढ्नुहोस बकवास कारण :

काठमाण्डाैं, : छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुर्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ ।

‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ, तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामछिाने कानुनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो ।

कुमुद लोहनी र लक्ष्मण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिईकन नेपालमा अवैध रूपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानुनीबमोजिम कारबाही गर्न माग गरिएको छ ।

उजुरी परेपछि प्रेस काउन्सिलले छानबिन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको आज प्रकाशित घटना र विचारमा समाचार छ ।

हालसम्मको छानबिन तथा अनुसन्धानबाट रवि लामेछानेले तीनवटा कानुन उल्लङ्घन गरेको दाबी प्रेस काउन्सिलको छ । काउन्सिलको एक सूत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् ।

दोस्रो, उनले प्रेसपास लिएका छैनन् र तेस्रो, लामिछानेले प्राप्त गरेको ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन । उजुरीमाथि छानबिनका क्रममा रवि लामछिानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्यचकित बनाएको छ । लामिछानेले काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन ।

नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ ।

कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’ काउन्सिलका पदाधिकारीमाथि आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पु¥याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोंगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोंगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ ।

मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रूपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु ।

उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमा बनेकै छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

लामिछानेले प्रेस काउन्सिलको पत्रलाई यसरी जवाफ दिएपछि काउन्सिलले कारबाहीका निम्ति कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाएको बुझिएको छ ।

यसैक्रममा अध्यागमन विभागले मंगलबार (असार ५ गते २०७५) प्रेस काउन्सिललाई पत्र लेखी रवि लामिछानेले जुन काम गरिरहेका छन् त्यस्तो गर्न नपाउने स्पष्ट गरेको छ । चलानी नं. १५२७ को पत्रमा अध्यागमन विभागले लेखेको छ ‘…अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ ।

साथै अध्यागमन नियमावली २०५१ को दफा २० को (१) मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन र ऐऐको (२) मा ‘यस नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’

गृह मन्त्रालयले मिति २०७४ पुस १३ गते एक पत्र (च.नं. १०३१) लेखि सञ्चार मन्त्रालयसँग राय मागेको थियो । शाखा अधिकृत चन्द्रप्रसाद बस्यालले दस्तखत गरी सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नाता भिसाको आधारमा गैरपर्यटकीय भिसा प्राप्त गरी अमेरिकी नागरिक मिस्टर रवि लामछिाने (पासपोर्ट नम्बर ५१२९६६९८१) लाई मिडिया क्षेत्रमा रही कार्य गर्ने सहमति दिने सम्बन्धमा तहाँको राय–प्रतिक्रिया उपलब्ध गराइदिनुहुन आदेश अनुसार अनुरोध छ ।’

गृह मन्त्रालयको यस्तो पत्रको जवाफ दिँदै मिति २०७४ पुस २५ गते सञ्चार मन्त्रालयले लेखेको पत्र (च. नं. २०५) मा भनिएको छ, ‘न्युज ट्वान्टी फोरमा काम गर्न चाहेका मिस्टर रवि लामेछानेलाई काम गर्ने सम्बन्धमा राय–प्रतिक्रिया माग भइआएकोमा नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको व्यहोरा मिति २०७४÷९÷२१ मा नेपाल सरकार राज्यमन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गर्दछु ।’

गृह मन्त्रालयलाई लेखिएको यस्तो व्यहोरामा सञ्चार मन्त्रालयका शाखा अधिकृत सुरेशबाबु घिमिरेले दस्तखत गरेका छन् । सूचना विभागले २०७४ चैत १ गते प्रेस काउन्सिललाई पत्र लेखी ‘रवि लामिछाने न्युज ट्वान्टी फोरले यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको’ भनेको थियो ।

सूचना विभागले नै गत जेठ ३ गते प्रेस काउन्सिललाई अर्को एउटा पत्र लेखी ‘श्रमजीवी पत्रकार ऐन २०५१ को पहिलो संशोधनको दफा ‘२ घ’ मा श्रमजीवी पत्रकार भन्नाले सञ्चारसम्बन्धी सेवालाई प्रमुख व्यवसाय बनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण या आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने, कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक, दृश्य या भाषा सम्पादकसमेतका व्यक्तिलाई जनाउँछ’ भनी स्पष्ट गरेको छ ।

सो पत्रमा ‘न्युज ट्वान्टी फोर टेलिभिजनले मिति २०७४ असार १ गते आर्थिक वर्ष २०७४÷०७५ का लागि दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी’ उल्लेख भइआएको व्यहोरा अनुरोध छ भनी शाखा अधिकृत रूपा विकले दस्तखत गरेकी छिन् ।

यस पत्रबाट रवि लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनका स्थायी सञ्चारकर्मी भएको स्पष्ट गर्दछ । विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ ।

अनुमतिबिना कसैको तस्बिर खिच्न र अरूको आवासमा अनुमतिबिना प्रवेश गर्न नहुने व्यवस्था उक्त कानुनले गरेको छ ।यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवानामध्ये कुनै एउटा या दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

के अब रवि लामिछानेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञाशाको विषय बनेको छ । यस्तो स्थिति उत्पन्न भएमा घटना दुःखदायी मानिनेछ । कानुनी प्रावधानअनुरूप अघि बढ्न लामिछानेले तत्परता लिएको अवस्थामा भने सम्भावित दुर्घटना टर्ने विश्वास गर्न सकिन्छ । घटना र विचार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा