नरेन्द्र मोदीको विवाह भएको तथ्य यसरी थाह भो, मोदीपत्नी जसोदाबेन भन्छिन मानिसहरुले अफवाह फैलाइरहेका छन



हाम्रो इकोनोमि

‘एक महिला भएपनि आनन्दीबेन पटेलले यस्तो बयान दिइन्, त्यसकारण मैले स्पष्टिकरण दिनु परेको छ । मोदी विवाहित भएपनि मानिसहरुले यस्तो बयान दिइरहँदा यसले मलाई दुःखी बनाएको छ ।’

यो भनाई भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेनको हो । उनले यो कुरा बीबीसीसँगको एक अन्तर्वार्तामा भनिन् ।

जसोदाबेन, आनन्दीबेन पटेलको त्यो बयानले दुःखी छिन् जसमा उनले मोदीलाई अविवाहित बताएकी थिइन् ।

गुजरातकी पूर्व मुख्यमन्त्री र मध्य प्रदेशकी राज्यपाल आनन्दीबेनले एक कार्यक्रममा भनेकी थिइन्, ‘नरेन्द्रभाइले विवाह गरेका छैनन् तरपनि उनी महिला र बालबालिकाको पीडा बुझ्छन् ।’

आनन्दीबेनको यो बयानले जसोदाबेन र उनको परिवार अत्यधिक रिसाएका छन् ।

जसोदाबेनले भनिन्, ‘सबैलाई थाहा छ त, नरेन्द्र मोदीको विवाह भएको थियो तरपनि मानिसहरु किन झुट फैलाइरहेका छन् ?

नरेन्द्र मोदीले विवाह नै गरेका छैनन्’

जसोदाबेन र उनको परिवारका अनुसार आनन्दीबेनको बयान पूर्ण रुपमा झुटो हो । एउटा यस्तो झुट जुन राजनीतिक कारणसहित फैलाइँदै छ ।

जसोदाबेनका भाइ अशोक मोदीले बीबीसीसँग भने, ‘मानिसहरुले राजनीतिका लागि नरेन्द्र मोदी र जसोदाबेनबारे अफवाह फैलाउनु हुँदैन ।

नरेन्द्र मोदीले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा चुनावमा चुनावको नामांकन पत्रमा आफ्नो वैवाहित स्थितीबारे कुनै जानकारी दिएका थिएनन् ।

सन् २०१४ को लोकसभा चुनाव अघि मोदीले पहिलो पटक औपचारिक रुपमा चुनावी शपथपत्रमा आफ्नो विवाह भएको स्विकारेका थिए ।

उनले नामांकन पर्चामा जसोदाबेनलाई आफ्नो श्रीमती बताए । यद्यपी, प्यान कार्ड र सम्पत्ति विवरणसँग जोडिएका कागजातमा उनले यसबारे केही जानकारी दिएका छैनन् ।

त्यसपछि मोदीका दाइ सोमाभाई दामोदरदास मोदीले एक बयान जारी गर्दै विवाहको केही दिनपछि नै मोदी जसोदाबेनसँग अलग्गिएको जानकारी दिए ।

सोमाभाइले भने, ‘हामी सामाजिक र आर्थिक रुपले पिछडिएका जातीसँग सम्बन्धित छौं । हाम्रो समाजमा बाल विवाह प्रथा प्रचलनमा थियो र १७ वर्षको उमेरमा नरेन्द्र मोदीको विवाह जसोदाबेनसँग भएको थियो ।

विवाहको केही दिन पछि नै उनीहरु अलग्गिए । यद्यपी, दुबैले कहिले पनि आफ्नो विवाहलाई विराम लगाएनन् ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...