अख्तियारको आयुक्त बन्ने दौडमा को को ?, यी हुन झोला बोकेर नेताको घर घर चार्हदै हिडने



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त एक आयुक्तमा नियुक्तिका लागि नेपाल सरकारका केही पूर्वसचिवहरूले चर्को दौडधूप गरिरहेका छन् ।

अख्तियारको आयुक्तका लागि राजदूतदेखि गृहमन्त्रालयका बहालवाला सचिवको नाम समेत चर्चामा छ । पूर्वमुख्यसचिव र सचिवहरू पनि आयुक्त नियुक्तिको दौडमा लागेको समाचार छ ।

संवैधानिक परिषद्ले गतहप्ता प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस गरे पनि अख्तियारको रिक्त आयुक्तमा भने कसैको नाम सिफारिस भएन ।

२०७४ माघ २९ मा दीप बस्न्यात ६५ बर्षे उमेर हदले बिदा भएपछि प्रमुख आयुक्त पद पनि खाली छ । अख्तियारमा आयुक्तको लागि शक्ति केन्द्रहरू धाएर मरिहत्ते गरेर लाग्नेहरूमा पूर्व मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्व सचिवहरू सूर्य सिलवाल, बालानन्द पौडेल, प्रेम राई र श्रीधर सापकोटाहरूको नाम चर्चामा छ ।

क्षेत्री र सिलवाल नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमकोमा अख्तियारमा नियुक्तिका लागि धाइरहेका छन् । चाइना गेजुवाका एजेन्ट दीपक भट्टमार्फत् वामदेव गौतमले उनीहरूको पक्षमा लबिइङ गरेको चर्चा नेकपाका नेताहरूले गर्दैछन् ।

गृहमन्त्रालयका सचिव प्रेम राईलाई समेत अख्तियारमा आयुक्त नियुक्ति गर्न लागेको चर्चा चलाइए पनि उनी गृहमन्त्रालयमा भर्खरै सरुवा भएकाले त्यो संभावना न्यून रहेको बताइन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको नाम लिइरहेको कुरा सार्वजनिक भइरहेको छ । अख्तियारको आयुक्तका लागि पूर्वसचिव  बालानन्द पौडेल र श्रीधर सापकोटा पनि दौडधुपमा लाग्दै नेताहरूसँग पहल गरिरहेका छन् ।

पौडेलले पूर्व एमाले र माओवादी केन्द्रका नेताहरूमार्फत् अख्तियारमा नियुक्तिको लागि जोडबल गरिरहेको स्रँेतले बताएको छ ।

सापकोटाले विपक्षी दलका नेता शेरबहादुर देउवापत्नी आरजु राणा र उनका भाइ भूषण राणालाई प्रयोग गरिरहेका छन् । कांग्रेस सांसद अमरेशकुमार सिंहलाई घर दिएर सचिव बढुवा भएर अख्तियारमा सरुवा भएको भनेर सापकोटाको आलोचना हुने गरेको छ । सापकोटा सरकारी वकिल समूहका भए पनि महत्वपूर्ण मन्त्रालयको सचिव हुने भाग्यमानी सचिव हुन् ।

बरिष्ठताका आधारमा आयुक्तहरूमध्येबाट नवीन घिमिरे प्रमुख आयुक्त हुने प्रवल संभावना छ । दीप बस्न्यात जस्ता उमेर सच्याएकोदेखि प्रमाणपत्र विवादमा मुछिएका र आर्थिकरुपमा बदनामलाई बरिष्ठताकै आधारमा प्रमुख आयुक्त बनाइएकाले अब पनि कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई बाइपास गरी बाहिरबाट प्रमुख आयुक्त लाने संभावना क्षीण रहेको बताइन्छ ।

घिमिरेलाई प्रमुख आयुक्त बनाउन रामेश्वर थापाले ‘केपी बा’ लाई सोर्सं लगाउने आश्वासन दिएको पनि बताइन्छ । का.मु. प्रमुख आयुक्त घिमिरे राष्ट्रपति विद्या भण्डारी रक्षा मन्त्री भएको समयमा रक्षा सचिव भएका थिए ।

घिमिरे राष्ट्रपतिको निकट र  प्रधानमन्त्री केपीको गृह जिल्ला झापाकै भएकाले बाहिरबाट प्रमुख आयुक्त आउने सम्भावना कम भएको बताइन्छ ।

 

पूर्व मुख्यसचिव लीलामणि पौडेल बाहेक दावेदारहरू अरु कनिष्ट हुन् । राजेन्द्रकिशोर क्षेत्री पनि पूर्वमुख्य सचिव हुन् । जसलाई नवीन घिमिरेमात्र होइन, अरु आयुक्तहरूले समेत स्वीकार्ने अवस्था हुन्न ।

मुख्यसचिव भएकाले पौडेल र क्षेत्री अख्तियारका कार्यवाहक प्रमुख आयुक्त भन्दा बरिष्ठ नै मान्दा उनीहरूको संभावना रहन सक्छ ।

अख्तियारमा हाल नवीन घिमिरे कार्यवाहक प्रमुख आयुक्त छन् भने आयुक्तहरूमा डा.गणेशराज जोशी, राजनारायण पाठक र सावित्री थापा गुरुङ छन् । संविधानको धारा २३८ अनुसार अख्तियारमा प्रमुख आयुक्त र आयुक्त गरी पाँच जना रहने ब्यवस्था छ ।

संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुनेछन् भने प्रधानन्यायाधीश, ब्यवस्थापिका संसदको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुखसमेत ६ जना रहेका छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदमा कानून मन्त्री पनि परिषदको सदस्यकारुपमा रहने प्रावधान संविधानमा छ ।

विपक्षी दलका नेतालाई समेत सहमतिमा लिएर संवैधानिक परिषद्मा नियुक्ति सिफारिस गर्नुपर्नेछ । अहिलेसम्म संबैधानिक परिषद्मा पदाधिकारी नियुक्तिमा मतविभाजन भएको छैन ।

सहमति हुँदै नभई मत विभाजन भएको खण्डमा संवैधानिक परिषदको कार्यविधि अनुसार बहुमतले टुंगो लगाउने छ । पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङले भने–‘संवैधानिक परिषदमा मतविभाजन भएमा बहुमतले टुंगो लगाउने प्रावधान छ ।’

प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना र उपसभामुख शिवमाया तुम्बाहाम्फे नेकपाबाटै निर्वाचित भएका हुन् । बाँकी प्रधानन्यायाधीश दीपकराज जोशी र विपक्षी दलका नेता शेरबहादुर देउवा हुन् । जोशी प्रधानन्यायाधीश भएकाले तटस्थ बसेमा देउवा परिषद्मा एक्लै हुने छन् ।  साँघु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...