संसदीय रिपोर्टिङसम्बन्धी तालीम
नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ ‘संसदीय रिपोर्टिङ’ सम्बन्धी एकदिने तालीमको आयोजना ग¥यो ।
सो तालीममा प्रदेश नं. १ को प्रदेशसभामा संसदीय रिपोर्टिङ गर्ने ५० जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
तालीमकोे उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुशासन नै समृद्धिको आधार भएकाले यस विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
व्यावसायिक र खोजमूलक पत्रकारिताको विकासका लागि महानगरपालिकाको सहयोग निरन्तर रहनेमा उहाँले जोड दिनुभयो ।
महासंघका पूर्वसभापति शिव गाउँलेले संसदीय अभ्यास र सैद्धान्तिक पाटा, संसद्को रिपोर्टिङ, तथ्यसहित समाचार सम्प्रेषण, संसदीय असल अभ्यासको पालना, बहस, चर्चा वा विवाद, तर्क वितर्क, पैरवी, सूचनाको परीक्षण, संसद्मा प्रेसको पहुँच भन्नु नै जनताको पहंँुच, पत्रकारको नियम, स्रोतको पहिचान, पेशागत निष्ठा र सरकारमाथि संसद्को नियन्त्रण आदि विषयमा प्रशिक्षण दिनुभएको छ ।
पत्रकार हरिबहादुर थापाले संसदीय पत्रकारिताको कार्यक्षेत्र, संसद्को काम, संसद्भित्र दुई दीर्घा, संसदीय प्रक्रिया, बैठक पद्धति, मन्त्रीसँग प्रश्नोत्तर, विधेयक वा प्रस्ताव, सरकारी वा गैरसरकारी विधेयक, आश्रित विधेयक, स्थगन प्रस्ताव, अन्य प्रस्ताव, निर्णय मत प्रकिया, संसदीय समिति पद्धति र संसद्को विशेषाधिकार आदि विषयमा प्रशिक्षण दिनुभएको छ ।