पार्टी एकता पछी नेकपाका भ्रातृ संगठनको एकता प्रक्रियाले गति लियो,आकांक्षी धेरै भए पछी यसरी भयो गन्जागोल



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संगठनले एकीकरण प्रक्रिया शुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक महिना हुँनै लाग्दा भ्रातृ संस्थाको एकताको प्रक्रिया शुरु भएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय रहेको कोटेश्वर पेरिसडाँडामा बिहीवार तत्कालीन एमालेको भातृ संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग –वाइसीएल)को संयुक्त बैठक बसेको छ ।

बिहीवार नै तत्कालीन नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको बैठक पनि कोटेश्वरमा बसेको छ । एकताका लागि शुक्रवार प्रेस सेण्टरको बैठक पनि बस्दैछ ।

प्रेस चौतारीको केन्द्रीय समिति बैठकमा नेकपाका स्थायी समिति सदस्यद्वय योगेश भट्टराई, पम्फा भुसाल तथा केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र महेश्वर दाहाल सहभागी थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरेका थिए । सोही दिनलाई आधार मानेर तीन महिना भित्र भातृ संस्थाको एकता गरिसक्ने निर्णय नेकपाले गरेको थियो ।

२२ संगठन मिलाउन कार्यदल

पार्टी एकतासँगै नेकपाले भ्रातृ संस्थाहरु मिलाउन २२ वटा कार्यदल गठन गरेको छ ।

कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा, महाधिवेशन आयोजक समिति गठन, पदाधिकारी र सदस्यहरुको नाम छनोटका लागि अधिकार दिइएको छ ।

विद्यार्थी संगठनको एकताका लागि पर्यटन मन्त्री समेत रहेका केन्दीय सदस्य रवीन्द्र अधिकारीको संयोजकत्वमा हितमान शाक्य, नविना लामा र रञ्जित तामाङ सदस्य रहेको कार्यद बनेको छ ।
युवाको कार्यदलमा मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा सदस्य छन् ।

मजदुर संगठन मिलाउन विष्णु रिमालको संयोजकत्वमा जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी सदस्य छन् । श्रेष्ठ जिफण्टका अध्यक्ष समेत हुन् ।

त्यस्तै महिला, मुस्लिम, बुद्धिजीवी, जनजाती, दलित, खेलकुद, उद्योगी, इन्जिनियरलगायत विभिन्न संगठनको एकताको लागि कार्यदल गठन भएको हो । यी संगठनको नाम, नेतृत्व चयनका लागि कार्यदलहरुको बैठक बसिरहेको छ ।

आकांक्षी धेरै

दुई पार्टीका भ्रातृ संगठनका केन्द्रीय समितिहरु ठूला भएका कारण एकता प्रकृया झन्झटीलो हुने देखिएको छ ।

भ्रातृ संगठनहरुलाई छरितो बनाउनु पर्ने भएका कारण भ्रातृ संगठनका धेरै नेता एकता प्रकृयामा छुट्ने निश्चित छ । दुई वटा संगठनहरु मिलाउने क्रममा नाम र नेतृत्वमा विवाद हुने देखिएपछि कमिटि बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ ।

नमिले नेतृत्वले मिलाउने

कार्यदललाई संगठनको नाम, नेतृत्व र संख्या लगायतमा विवाद मिलाउने अधिकार दिइएको छ । यद्दपी भ्रातृ संगठनहरुको एकता प्रकृयामा विवाद भए पार्टीको केन्द्रीय सचिवालयले विवाद मिलाउने छ । धेरै विवाद देखिएको संगठनको विवाद समाधान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...