नेकपाका सांसद र कांग्रेसका सांसद बीच संसदमै यसरी भयो झटारो हाना-हान,सभामुख आफै ट्वा परे



सभामुख र उपसभामुख पदबारे प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन भएको छ।

बुधबार संसद बैठकको विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन सुरु भएको हो।

सांसद खाँडले बोल्दै गर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभई स्वतन्त्र भएको दावी गरे। उनले सभामुख र उपसभामुख पद निर्वाचनपश्चात् नै स्वतन्त्र हैसियतमा रहेको पद भएकाले दलीय बाँडफाँडको कुराको औचित्य नरहेको जिकिर गरे।

लगत्तै प्रतिवाद गर्न माइक्रोफोन समाएर उभिएका कांग्रेसका सांसद देवप्रकाश तिमिल्सिनालाई भने सभामुखले समय दिएनन्। त्यसपछि कांग्रेसका पार्वती डिसी चौधरी, अतहर कमाल मुसलमान, भरत शाहलगायतले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न रोष्टम पुगेका सांसद अतहर कमाल मुसलमानले संविधान कार्यान्वयनको सुरुवात सदनबाट नै हुनुपर्ने भन्दै सभामुख र उपसभामुख पदको सवालमा कांग्रेसका प्रमुख सचेतकले बोल्दै गर्दा सत्ता पक्षका सांसहरुबीचमा भनाभन हुने अवस्था सिर्जना हुनु गलत भएको बताए। उनले भने,‘यस्तै हुने हो भने भोलिका दिनमा सदन सञ्चालन हुन पनि अप्ठ्यारो हुनसक्छ।’

आफूहरुले उठाएको सवाल पद प्राप्तिको विषय नभई न्याय र सिद्धान्त तथा संविधान कार्यान्वयनको विषय भएकाले गम्भीरतापूर्वक ग्रहण गर्न सत्तापक्षको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न सभामुखलाई आग्रह गरे। उनले संविधानमा रहेको नियमलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग मागसमेत गरे।

त्यसैगरी सांसद भरतकुमार शाहले उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा पनि सभामुख र उपसभामुख भिन्न दललाई दिने चलन रहेको भन्दै प्रजातान्त्रिक पद्धति अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद प्रकाश रसाइलीले सभामुख र उपसभामुखको हकमा संविधानले गरेको व्यवस्था अनुसार अगाडी बढ्नुपर्छ भन्दा सांसदहरुप्रति आरोप–प्रत्यारोप हुने अवस्था सिर्जना हुनुले राम्रो सन्देश नजाने धारणा राखे, उनले कानुन र संविधानमा उल्लेख भएको प्रावधान कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका थिए। ‘संविधान मैले नै बनाएको भन्ने केही नेताहरुले सदन बाहिर गएर प्रतिक्रिया दिनु आपत्तिजनक कुरा हो।  एउटा पदका लागि नेपाली कांग्रेस मरिहत्य गर्ने पार्टी होइन। कुरा कानुन र संविधानको हो।’, उनले भने।

सांसद पार्वता डि सी चौधरीले सभामुखभन्दा पनि विधि र पद्धतिअनुसार चल्न सरकारलाई सुझाइन्।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद देव प्रकाश तिमिल्सिनाले संविधान कार्यान्वयन गर्नुपर्छ भन्दा सत्तापक्षका सांसदले विरोध गरेकोमा आपत्ती जनाउँदै संविधानको अक्षरस कार्यान्वयन गर्न सभामुखमार्फत सरकारलाई सचेत गराएका थिए।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय