शिक्षकका लागि तालीम



हाम्रो इकोनोमि

कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका शिक्षा शाखाको आयोजनामा गाउँपालिकाभित्र सञ्चालित ४५ विद्यालयका ९० जना प्राथमिक तहका शिक्षकका लागि दुईदिने तालीम आज सम्पन्न भएको छ ।

सो तालीममा प्रत्येक विद्यालयबाट कम्तीमा दुईजना शिक्षक पर्ने गरी बराह मावि भेडाबारी र शुक्लागण्डकी मावि भलाबोटमा केन्द्र कायम गरी तालीम सञ्चालन गरिएको माछापुच्छे« गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकनाथ आचार्यले बताउनुभयो । तालीममा प्रशिक्षक ढकबहादुर पुन, खिमलाल अधिकारी र सन्तोष आचार्यले सहजीकरण गर्नुभएको थियो ।

तालीमले कक्षाकोठाको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीले बताएका छन् । उक्त तालीमबाट अंग्रेजी माध्यमको पठनपाठनलाई सहयोग पुग्ने र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...