विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द



हाम्रो इकोनोमि

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।

केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिनुभयो । उहाँले अन्य विद्यार्थीसमेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताउनुभयो ।

उहाँका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुनेजस्ता लक्षण देखिने गरेको छ ।

गत मंगलबार र बुधबारमात्रै मुर्छामा परेका करीब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...