खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने राष्ट्रपतिको उद्घोष



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण गरिदिन सरकारको पनि ध्यानाकर्षण गराइन् ।

बिहिबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रिय खेलकुद परिषद र मातहतका विभिन्न खेलसँग सम्बन्धित संघ, संस्थाहरुले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनँले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा समेत एकपछि अर्को सफलता प्रात गर्दै गएकोमा खुसी समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रले मुलुकको राष्ट्रिय एकता र अनुशासनलाई बलियो बनाउने र अन्तराष्ट्रिय क्षेत्रमा पनि राष्ट्रको पहिचान दिन महत्वपूर्ण योगदान दिने पनि स्मरण गराइन् ।

राष्ट्रपति भण्डारीले विज्ञ भएको नाताले खेलकुद क्षेत्रको विकासमा आवश्यक योजना तय गर्न पनि खेलसम्वद्ध संघ, संस्थाहरुसँग आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

त्यस क्रममा उनले राष्ट्रपति भण्डारी समक्ष खेलकुद क्षेत्रको वर्तमान अवस्थाको बारेमा पनि बिफ्रिङ गरेका थिए ।

मन्त्री विश्वकर्माले नेपाली खेलाडीहरुको अपेक्षा अनुसार काम गर्न सरकार लागि परेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...