व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड



हाम्रो इकोनोमि

मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ ।

युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको पहुँचमा लैजानुपर्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पुनःगठित अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतले मुलुकको विकास तथा समृद्धिका लागि कस्तो जनशक्ति आवश्यक छ, सोहीअनुसारको पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...