गोली हानेर एक जना शिक्षकको हत्या



हाम्रो इकोनोमि

 

संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको हो । गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो ।

बन्दुकको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ । शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार भएको घटनाको कसले के कारण हानेको थियो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...