व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड



हाम्रो इकोनोमि

मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ ।

युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको पहुँचमा लैजानुपर्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पुनःगठित अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतले मुलुकको विकास तथा समृद्धिका लागि कस्तो जनशक्ति आवश्यक छ, सोहीअनुसारको पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...