ओली सरकारले कर्मचारीको स्वास्थ्य बीमा गरिदिने, भत्ता यसरी ह्वात्तै बढ्ने भयो,तलब बढाऊने अर्थ मन्त्रीको यस्तो सुत्र



हाम्रो इकोनोमि

सरकारले बजेटमार्फत कर्मचारीको तलब नबढाउने भएको छ । तर, भत्ता भने बढाउने भएको छ ।

त्यस्तै, तलब वृद्धिको बिकल्पमा सरकारले सबै कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

कर्मचारीलेहरुले तलब बढाउनुपर्ने माग गर्दै आएका थिए । तलब वृद्धिको माग गर्दै अर्थ मन्त्रालय पुगेका कर्मचारी युनियनका नेताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले ढुकुटी रित्तो भएकाले तलब बढाउन नसकिने जवाफ दिएका थिए ।

अर्थमन्त्रीले तलब नबढाउने निश्चित भएपछि कर्मचारी युनियनका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेका थिए ।
आइतबार मात्रै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोला पोखरेलले प्रधानमन्त्री ओलीलाई भेटेर तलब बढाइदिन आग्रह गरेका थिए ।

सो अबसरमा प्रधानमन्त्री ओलीले आफू कर्मचारीको तलब बढाउनु पर्छ भन्ने पक्षमा रहेको बताए ।

‘म पनि कर्मचारीको तलब बढाउनुपर्छ भन्ने पक्षमा छु, अर्थमन्त्रीलाई भन्छु, सकेसम्म बढाउँछौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटमा सहभागी एक कर्मचारीले भने, ‘अवश्य पनि केही भत्ता बढाउँछौ । र, सबै कर्मचारीको स्वास्थ्य बीमा गरिदिन्छौं ।’

कति प्रतिशतले भत्ता बढाउने र कति रकम बराबरको स्वास्थ्य बीमा गरिदिने भन्ने बारे प्रधानमन्त्रीले अंक नभनेको कर्मचारी नेताले बताए ।

कर्मचारीको तलब÷भत्ता नबढाउने हो भने सरकारसँग कर्मचारीहरु असन्तुष्ट हुने भन्दै कर्मचारीका नेताले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । कर्मचारी खुसी नभए सरकारलाई काम गर्न कठिन हुने उनीहरुले प्रधानमन्त्रीलाई सुझाए ।

उनीहरु दुबै पहिले नेकपा एमाले र अहिले नेपाल कम्युनिष्ट वार्टी निकट कर्मचारी संगठनका नेता पनि हुन् ।
अर्थमन्त्री अतिवडाले भोलि (मंगलबार) आर्थिक वर्ष २०७५/०७६ को बजेट संसदमा प्रस्तुत गर्दैछन् ।

स्वेच्छिक अवकास हुँदैन

भेटका क्रममा प्रधानमन्त्री ओलीले निजामति कर्मचारीलाई स्वेच्छिक अवकास दिन नसकिने बताए ।

‘सरकारले कर्मचारीलाई तत्काल स्वेच्छिक अवकास दिन सक्दैन, कुनै कर्मचारी ९० दिनसम्म हाजिर हुन आउँदैन भने उसलाई सेवाबाट बर्खास्त गरिनेछ,’ प्रधामन्त्रीको भनाइ उदृत गर्दै एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...