कर्मचारीको तलब ह्वात्तै बढाइने,वृद्धभत्ता ५ हजार पुर्याउने गरी ओली सरकारले यस्तो बनाउदैछ बजेट



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयको टिम धमाधम नयाँ आर्थिक वर्ष २०७५/०७६ को बजेट बनाइरहेको छ । नेपालको इतिहासमा पहिलो पटक स्पष्ट बहुतमतसहित बनेको कम्युनिस्ट पार्टीको सरकारले कस्तो बजेट बनाउला ? यो धेरैको चासोको विषय हो ।

कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीचको गठबन्ध सरकारले निर्वाचन अघि नै संयुक्त रुपमा एउटै घोषणापत्र सार्वजनिक गर्दैै जनतामाझ महत्वकांक्षी योजनाहरु अगाडि सारेका थिए ।

दुबै पार्टीको संयुक्त घोषणा पत्रदेखि बामदेब गौतमको संयोजकत्वमा बनेको सुशासन र विकासका प्राथमिताहरुलाई यो सरकारले ठूला आयोजनाहरुलाई बढी प्राथमिकतामा राख्ने अर्थ मन्त्रालयका सल्लाहका डा. रामशरण खरेल बताउँछन् । गौतम संयोजकत्वको उक्त कमिटिमा अहिलको अर्थमन्त्री युवराज खतिवडा, अहिलेका उर्जामन्त्री वर्षमान पुन, तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलगायत सदस्य थिए ।

तर, घोषणा पत्रमा उल्लेख भएअनुसारनै बृद्ध भत्ता ५ हजार पुग्ने अवस्था बढेको छ । साथै यो सरकारले कर्मचारीको तलब बढाउने तयारी गरिरहेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । सामाजिक सुरक्षामा सरकारले गर्दै आएको खर्चलाई लघुबीमामार्फत व्यवस्थित गर्ने अर्थमन्त्रीको मनसाय रहेको सम्बद्ध स्रोतहरु बताउँछन् ।

सरकारले स–साना आयोजनाका लागि प्रदेश तथा स्थानीय तहमार्फत रकम विनियोजन गर्ने तयारी गरेको छ । कम्युनिष्ट पार्टीको नेतृत्वका बनेको यस अघिका सरकारकाले बजेट सार्वजनिक गर्दा पपुलिष्ट हुनका लागि धेरै क्षेत्रमा छरपस्ट बजेट विनियोजन गर्ने गरे पनि यस पटक भने त्यस्तो नगर्ने अर्थमन्त्री निकट स्रोतको भनाइ छ ।

यी हुन् बजेटमा पर्ने प्रमुख प्राथमितामा क्षेत्रहरु

एक वर्षभित्र भूकम्म, बाढी, पहिरो तथा आग्लागी पीडित परिवारको तथा दुई वर्षभित्र घरबिहीनहरुको आवस निर्माण गर्ने सरकारको लक्ष्य छ । यसका लागि यो सरकारले करिब ६७ अर्ब रकम आवश्यक पर्ने आकलन गरेको छ । भूमिसुधार कार्याक्रम २ वर्षभित्र सम्पन्न गर्न १ अर्ब रुपैयाँ लाग्ने बाम घोषणापत्रमा उल्लेख छ ।

गरिबीको रेखामुनि रहेको घरपरिवारलाई ६ महिनाभित्र राज्यले सुरक्षा परीचयपत्र वितरण गर्ने सरकारको प्राथमितामा छ । यसका लागि करिब ५० करोड रुपैयाँ आवश्यक पर्ने गौतम संयोजकत्वको कार्यदलले अनुमान गरेको छ ।

यसैगरी राष्ट्रिय परीचय पत्र एक वर्ष भित्र वितरण गर्न १ अर्ब, स्थानीय पालिकाहरुको सबै वटामा सुपथ मुल्यको पसल सञ्चालन गर्न वार्षक एक अर्ब, जनसंख्या र भौगौलिक आधारमा नगरपालिकाहरुको वडाका बीचमा एउटा र हिमाली तथा पहाडी गाउँपालिकाहरुको वडाहरुमा आवश्यकता अनुसार ३ महिना भित्र एकीकृत सेवा केन्द्र स्थापनाका लागि १ अर्ब रुपैयाँ रकम आवश्यक पर्ने बाम गठबन्धनको अनुमान छ ।

त्यस्तै, जलविद्युत, सौर्य, वायु र जैविक उर्जागरी आगामी ३ वर्षभित्र ३ हजार मेगावट, ५ वर्षभित्र ६ हजार मेगावाट, १० वर्षभित्र १५ हजार मेगावाट उर्जा उत्पादन गर्नेसरकारको लक्ष्य छ । बुढीगन्डकी जलविद्युत आयोजनासहति सम्मपूर्ण उर्जा क्षेत्रका काममा लागि वार्षिक २ खर्ब ४० अर्ब आवश्यक पर्ने र १० वर्षका लागि २४ खर्ब आवश्यक पर्ने सरकारी आँकलन छ ।

साथै कर्णाली चिसापानी आयोजनाका लागि थप साढे ३७ खर्ब लगानी आवश्यक पर्ने आकलन कम्युनिष्ट पार्टीको छ ।

पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै विद्युतीय सवारी प्रयोगमा प्रोत्साहान गर्ने गरी भौतिक पूर्वधारको काम गर्न १० करोड रुपैयाँ खर्च हुने आँकलन दुबै पार्टीको छ ।

यसैगरी आन्तरिक रुपमा उत्पादित विद्युतको म्लुक भर सहज वितरण गर्न र विद्युत निर्यात समेत गर्नेगरी पूर्व–पश्चिम तथा उतर–दक्षिण उच्च क्षमताका प्रसारण लाइन निर्माण २ वर्षमा सक्ने कम्युनिष्ट सरकारको लक्ष्य छ । यो कामको लागि करिब २० अर्ब रुपैयाँ लाग्ने आँकलन छ ।

यसैगरी सडक, रेलमार्ग र जलमार्ग निर्माणलाई पनि कम्युनिष्ट सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । जसमा काठमाडौं–निजगढ द्रुत मार्ग ४ वर्षमा निर्माण सम्पन्न गर्ने समेत सरकारी लक्ष्य छ । सम्पूर्ण सडक आयोजनहरुको काममा लागि वार्षिक २ खर्बका दरले १० वर्षका लागि २० खर्ब रुपैयाँ चाहिने कम्युनिष्ट पार्टीको आकलन छ ।

यसैगरी लोकमार्ग-राजमार्ग र प्रमुख सडकहरुमा सुरुङ निर्माणका लागि ५० अर्ब, पूर्व पश्चिम तथा उतर–दक्षिण जोडने रेल मार्ग निर्माणका लागि वार्षिक १ खर्ब ४० अर्बका दरले १० वर्षका लागि १४ अर्ब, काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ तथा बाहिरी जिल्लाका चत्रपथ निर्माणमा ५० अर्ब रुपैयाँ लाग्ने कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको आँकलन छ ।

यसैगरी काठमाडौं उपत्यकामा मनोरेल तथा मेट्रोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्न १ खर्ब रुपैयाँ लाग्ने सरकारी आकलन छ । प्रमुख नदीहरुको डाइभर्सन तीन वर्षभित्र गरिसक्ने गरी काम गर्न १ खर्ब रुपैयाँ र खेतीयोग्य जनिममा ५ वर्षभित्र सिंचाई सेवा पु¥याउन वार्षिक ७० अर्ब रुपैयाँ अनुमान गरिएको क्लिकमांडूले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...