टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने



हाम्रो इकोनोमि

टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ ।

टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल र गोँगबु क्षेत्रलाई गुरुयोजनामा समेटिएको छ भन्नुभयो ।

“चण्डेश्वरीदेखि शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म पदमार्ग निर्माण गर्ने गरी गुरुयोजना पनि तयार गरेका छौँ,”–उहाँले भन्नुभयो ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरस्वती गहनापोखरी, गणेशपोखरी र सपनतीर्थलाई संरक्षण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने कार्ययोजना समेत बनाएको छ ।
झोर महाकांलमा रहेको वौडेश्वर झरनालाई पर्यटकीय रुपमा विकास गर्न नगरपालिकाले सरकारसँग रु २५ करोड माग गर्ने भएको छ ।पच्चिस हजार ५६१ घरधुरी रहेको उक्त नगरपालिकाको जनसंख्या झण्डै एक लाख छ ।

टोखालाई नमूना नगरपालिका बनाउन आर्थिक वर्ष २०७५÷७६ मा प्रत्येक वडामा रु एक करोड ४० लाख बजेट विनियोजन गर्ने गरी कार्ययोजना बनाइएको छ भन्दै उपप्रमुख डंगोलले एघार वटा ११ वडा रहेको सो नगरपालिकाका लागि गत आर्थिक वर्ष रु २९ करोड ५१ लाख बजेट विनियोजन भएकामा रु १२ करोड राजश्व उठेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...