नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा



हाम्रो इकोनोमि

 

 सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन् ।

भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो । सडक डिभिजन कार्यालयले यस स्थानमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम द्वारा जारी सूचनामा उल्लेख छ ।

राजमार्ग सञ्चालनमा आए पनि अझै विभिन्न स्थानहरूमा सडक भासिने, पहिरो जाने, ढुंगा–माटो खस्ने जस्ता जोखिमपूर्ण अवस्था कायमै रहेकाले चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । विशेष गरी वर्षा भइरहेको समयमा वा सडकमा अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको निर्देश पालना गर्न तथा आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा तय गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...