मेनपावर ठगलाई पाता कसेरै छोड्ने कसम खाएका गोकर्ण मन्त्रीको नाम भजाएर यसरी करोडौ कुम्ल्याइयो



बेरोजगारीको मौका छोप्दै विभिन्न नाममा खुलेका म्यानपावर कम्पनीका सञ्चालकद्वारा सरकार परिवर्तनसँगै मन्त्रीको नाम भजाउँदै ठगी गरेको भेटिएको छ ।

रोजगारीका लागि भौँतारिएका युवायुवतीलाई विदेशमा राम्रो काम लगाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरी विदेशी भूमिमा अलपत्र पार्नेदेखि कुल्ली काममा लगाई दिनेजस्ता कार्य गर्दै रोजगारमा जाने मजदुरसँग ठगी गर्दै आउँदा पनि सरकारले सो सम्बन्धमा कुनै चासो नदिँदा ठगी धन्दाले तीव्रता पाएको छ । प

छिल्लो पटक तीनजुरे इम्प्लाइमेन्ट सर्भिसेज प्रालि र इम्पावर ओभरसिज प्रालिले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको नाम भजाउदै करोडौ रुपैयाँ ठगी गर्दै आएको सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका केही युवाहरु श्रम सम्झौताविपरीतको काम गर्न बाध्य भएको भन्दै रोजगार विभागमा उजुरी परेपछि दुईवटा सोबारे अनुसन्धान गरेसँगै मन्त्रीको नाम देखाउँदै ठगी गरेको खुल्न आएको हो ।

कतारमा रोजगारीका लागि गएका युवाहरुहरुलाई क्याटरिङको काममा सम्झौता गर्ने तर विदेशमा पुगेपछि ज्यामी, कुल्लीको काममा लगाएको दाबी पीडितहरुको गरेका छन् ।

सम्झौताविपरीतको काममा लगाएको र उद्धारका निम्ति सम्बन्धित म्यानपावरले कुनै चासो नदेखाएको भन्दै पीडितका आफन्तहरु विभाग पुगेका थिए ।

पीडितहरुले तीनजुरे इम्प्लाइमेन्ट सर्भिसेज प्रालि चक्रपथबाट साउदी अरबस्थित सोनमार कन्ट्रयाटिङ्ग ट्रेडिङ एण्ड एडभरटाइजिङ कम्पनीको भिसाबाट उडेका प्रेम चन्द्र तामाङ, साङे ब्लोन, मानबहादुर खड्का, सन्तोषकुमार बस्नेत, सूर्यबहादुर तामाङलगायत ४० जना सो कम्पनीबाट श्रम सम्झौता गरी पठाइएको भए पनि उक्त देशमा भनेबमोजिमको काम र सुविधा नपाएको गुनासो गरेका छन् ।

‘फ्रि भिसा, फ्रि टिकट’मा पनि एक लाख ३० हजार रुपैयाँ बुझाएर त्यसतर्फ उडेका उनीहरुले भनेबमोजिमको काम नभएपछि उद्धारको निम्ति म्यानपावरलाई पटक–पटक हारगुहार गर्दा पनि म्यानपावरले अटेर गरेको भन्दै उद्धारका निम्ति पहल गरिदिन विभागमा पीडितका परिवारले उजुरी गरेका थिए ।

खाडी मुलुकमा रोजगारीमा जाने नेपाली युवाहरुको निम्ति नेपाल सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’को घोषणा गरेको र सोहीबमोजिम रोजगारदाता कम्पनीले नै उक्त खर्च व्यहोर्ने गरेको हुँदा पनि म्यानपावरहरुले चर्को रकम लिने र उद्धार गर्दा कम्पनीलाई टिकट र भिसाको रकम व्यहोर्नुपर्ने भएको हुँदा उद्धार नगर्ने गरेको एक म्यानपावर व्यवसायीले नाम नलेख्ने शर्तमा बताएका छन् ।

सम्झौताविपरीत काम गर्न बाध्य भएका ४० जना युवाहरुलाई श्रमसम्झौता गराउने तीनजुरेका सञ्चालक बबिन राईले आफूले उनीहरुसँग बढी पैसा नलिएको आफूले नेपाल सरकारले तोके बमोजिमको मात्र रकम लिएको दाबी गरेका छन् ।

राईले अगाडि भने, ‘ती युवाहरुलाई रोजगारीका लागि ल्याउने एजेण्ट इम्पावर ओभरसिजका सञ्चालक हर्कमणि राई र तारामणि राईले के कति रकम लिए सो सम्बन्धमा आफूलाई थाहा हुँदैन ।’

यसैबीच, कुनै पनि कामदारले मलेसियामा कामका लागि सिधै मलेसियाको राजदूतावास जान समेन नपाउने गरी केही म्यानपावर कम्पनीले सिण्डिकेट नै लगाएका छन् ।

मलेसिया जाने कोही पनि कामदारहरूले लैनचौरको मेट्रो पार्कमा रहेको भीएलएन नेपाल र वान स्टप सेन्टरमा सम्पर्क गरेर उनीहरुले भनेअनुसारको शुल्क भुक्तानी गरेपछि मात्र मलेसियामा काम गर्न जान पाउने सिण्डिकेट तयार गरेको समेत खुलेको छ ।

सोहीबापत भीएलएन नेपालका नाममा प्रतिव्यक्ति तीन हजार दुई सय लिँदै आएको भीएलएन नेपालले २०७२ सालबाट अर्को एक संस्था खडा गरी प्रतिव्यक्ति छ हजार रुपैयाँ शुल्क असुल्दै कामदारमाथि ठगी धन्दा चलाउँदै आएको छ ।

२०७४ सालबाट सो शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेर प्रतिव्यक्ति छ हजार सात सय ८० रुपैयाँ असुली गर्दा समेत सरकार रमिते बनेको छ । मलेसियाको दूतावासलाई भिसा प्रोसेसिङमा सघाउ गर्ने गरी भीएलएन नेपाल नामक निजी कम्पनी दर्ता गरी अहिले त्यसै संस्थामा वान स्टप सेन्टर थप गरेर यसरी रकम लिन थालिएको हो ।

मलेसिया सरकारले विदेशबाट आउने व्यक्तिहरूलाई यो पद्धति लागू गरेको थियो तर अहिले भीएलएन सिस्टम हटिसकेको भए पनि सोबापत रकम असुली हुँदै आएको छ ।

भिसा प्रोसेसिङ शुल्कबाहेक कामदारहरूले भिसाका लागि थप सात सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता समेत बनाएको छ । जुन गैरकानुनी तबरबाट सो रकम असुली भइरहेको छ । भीएलएन नेपाल र वान स्टप सेन्टर फरकफरक संस्था भए पनि त्यसको सञ्चालक (प्रमुख व्यक्ति ) एउटै हुन् ।

दुवै संस्थाको कार्यालय पनि एकै स्थानमा छ र एकै स्थानबाट यी दुई काम भइरहेको छ । रामप्रसाद श्रेष्ठ नाम गरेका व्यक्तिले यी दुवै संस्था सञ्चालन गर्दै आएका छन् ।

म्यानपावर व्यवसायदेखि ट्राभल तथा टुरिज्म क्षेत्रमा समेत लगानी गरेका श्रेष्ठको अहिलेसम्म विभिन्न नामका पाँचवटा कम्पनी रहेका छन् ।

उनी वाइड स्पेस म्यानपावर, पीस एन्ड ह्यावेन ट्राभल्स, हार्भेस्ट मुन ट्राभल्स र भीएलएन नेपाल तथा वान स्टप सेन्टरका सञ्चालका रुपमा रहेका छन् भने ट्राभल तथा टुर व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को कोषाध्यक्ष समेत बन्न सफल भएका छन् ।

भीएलएन नेपालको काम विदेशी कामदार वा विदेशी पर्यटकलाई भिसाको प्रोसेसिङ गर्ने संस्था हो । वान स्टप सेन्टरको काम पासपोर्ट संकलन गर्नेदेखि भिसा लगाएर पासपोर्ट दिने काम समेत गर्दै आएको छ ।

यी दुई काम एउटै प्रकृतिको एकै काम भए पनि दुईवटा संस्था दर्ता गरेर दुवै संस्थाको नाममा यतिबेला पैसा असुलिँदै छ भने कामदारलाई दिने बिल मलेसिया भीएलएन नेपाल प्राइभेट लिमिटेडको नाममा दिँदै आएको छ ।

फरक संस्था देखाएर मलेसिया भीएलएन नेपालले भीएलएन शुल्क भन्दै तीन हजार दुई सय र वान स्टप सेन्टर अर्थात् ओएससी शुल्क भन्दै दुई हजार आठ सय रुपैयाँ असुली गरे पनि बिल भने एउटामात्र दिने गरेको छ । यी दुई संस्थाले भ्याट समेत जोडेर छ हजार सात सय ८० रुपैयाँ असुली गर्दै आएको भेटिएको हो ।

सो सम्बन्धमा पटक–पटक भीएलएन नेपाल र वान स्टप सेन्टरमा फोन सम्पर्क गर्दा सञ्चालक रामप्रसाद श्रेष्ठ सम्पर्कमा आउनै चाहेनन् । उनको फोन ‘रिसिभ’ गर्नेले यो कर्मचारीलाई केही थाहा नहुने भएकाले र अहिले आधिकारिक मान्छे कोही पनि अफिसमा नभएको भन्दै यस सम्बन्धमा केही बोल्न नसकिने भनी फोन लाइन काटिदिए ।

वार्षिक एक लाख पाँच हजारको हाराहारीमा नेपाली कामदारहरू मलेसिया जाने गरेको पाइएको छ । जसबाट एउटै व्यक्तिको छ हजारका दरमा यी दुई कम्पनीले वार्षिक ७१ करोड १९ लाख रुपैयाँ संकलन हुँदै आएको छ भने सोबापत संकलन गरेको भ्याट, आयकर र राजस्व समेत छली गर्दै आएको छ ।

भीएलएन नेपालका बारेमा मलेसियाको इमिग्रेसन र सरकारको वेबसाइटमा उल्लेख गरिएको छैन । मलेसिया सरकारले सन् २०१५ को जुनमा वान स्टप सेन्टर सञ्चालनमा ल्याउने भन्दै त्यसबापत लाग्ने शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने भन्ने उल्लेख गरेको थियो ।

तर मलेसियामै रहेका विभिन्न कम्पनीहरूले त्यसको विरोध गरेपछि त्यसको शुल्क कसले तिर्ने भन्ने स्पष्ट उल्लेख गरेको छैन । मलेसिया सरकारले देशको सुरक्षा र डाटासँग जोडिएको विषयमा निजी क्षेत्रसँग सहकार्य गर्न थालेपछि मलेसियाको संसद्मै यसबारे व्यापक विरोध समेत भएको थियो ।

मलेसियाको विपक्षी दल डीएपीका सांसद् तथा विपक्षी दलका नेता स्टेभेन सिमले पटक–पटक मलेसिया सरकारले इमिग्रेसनका चलखेल र भ्रष्टाचार गरेको आरोप लगाएका थिए । आर्थिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन