मोदीसँग शरणार्थीको मुद्दा उठाइदिन माग गर्दै प्रधानमत्री ओलीलाई शरणार्थी नेताले पठाए यस्तो पत्र



पूर्वी नेपालका बेल्डाँगी तथा मोरङको शनिश्चरे शिविरमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई स्वदेश फर्काउन पहल गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिदिन नेपाल सरकारसंग भुटान पिपुल्स पार्टीले आग्रह गरेको छ।

पार्टीका अध्यक्ष बलराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर त्यस्तो आग्रह गरेका हुन्। उनले तेस्रो मुलुक पुनःस्थापना कार्यक्रम पश्चात शरणार्थीको स्वदेश फिर्तीको कार्यक्रमलाई खुल्ला गरिदिन आग्रह गरेका छन्।

भारत तथा नेपाल सरकारलाई स्वदेश फिर्तीको मागलाई पूरा गराउन बारम्बार पहल गर्दा पनि अहिलेसम्म सुनुवाई नभएको पौडेलले बताए। उनले स्वदेश फिर्तीको मागमा भारत नै तगारो भएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने दिन नजिकिँदै जाँदा शरणार्थीको स्वदेश फिर्तीका मागका विषयका कुरा उठाइदिन शरणार्थी समुदायले नेपाल सरकारलाई आग्रह गरेका हुन्।

नेपालमा जति पटक नयाँ सरकार बन्यो त्यति पटक शरणार्थी समुदायले उनीहरुको कुरा उठाइदिने आश राख्ने गरेका छन्। तेस्रो मुलुक पुनः स्थापनाबाट बाँकी रहेका शरणार्थीको संख्या करिब १२ हजार छ।

विगत दुई दशक भन्दा बढी समय पूर्वी नेपालका विभिन्न शिविरमा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुले आफूहरुलाई स्वदेश फर्काउन भुटान सरकार समक्ष पहल गरिदिन यस अघि भारतसंग समेत पटक पटक आग्रह गरेका छन्।

तर उनीहरुको आग्रह भारतले अहिलेसम्म सुनिदिएको छैन। अन्तर्राष्ट्रिय मञ्चमा कहीँ कतै भारतले भुटानसंग कुरा राखिदिएको आफूहरुले नसुनेको शरणार्थीहरु बताउँछन्।

सन् २००७ बाट तेस्रो मुलुक पुनः स्थापना कार्यक्रम सुरु भएपछि पनि तेस्रा देशहरुमा जान नचाहने भुटानी शरणार्थीहरुले त्यस्तो आग्रह पटक पटक भारतसंग त्यस्तो आग्रह गर्ने गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण, मोदीको नेपाल भ्रमण, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला शरणार्थीहरुले आफ्नो स्वदेश फिर्तीको मागका विषयमा भारतसंग कुरा राखिदिन पटक पटक आग्रह गर्दै आएका छन्।

नेपालबाट भुटान पुग्नका लागि भारतकै बाटो हुँदै जानुपर्ने तथा भारतले भुटानसंग कुरा गर्दा स्वदेश फिर्तीको अभियानले सार्थकता पाउने शरणार्थीहरुले विश्वास गर्दै आएका छन्।

संवैधानिक राजतन्त्रात्मक सरकारले पनि केही गरेन

संवैधानिक राजतन्त्र आएपछि भुटानमा पहिलो र दोस्रो संसदीय निर्वाचन भइसकेको छ। त्यहाँ तेस्रो पटक संसदीय निर्वाचनको मिति नजिकिँदै छ। तर अहिलेसम्म उक्त प्रजातान्त्रिक सरकारले भुटानी शरणार्थीका बारेमा बोलेको छैन।

दोस्रो पटक भएको संसदीय निर्वाचनमा विपक्षी दल पिपुल्स डेमोक्रेटिक पार्टीले बहुमत ल्याएपछि भुटानी शरणार्थी समस्याको दिगो समाधान हुनेमा शरणार्थीहरु आशाबादी देखिएका थिए।

धेरै नेपालीभाषी समेत निर्वाचित भएपछि शरणार्थी समस्या समाधान हुने बलियो आधार भएको उनीहरुले बताएका थिए। तर उनको आश अब मरेर गएको छ।

झापाको दमकमा शरणार्थीहरुको स्वास्थ्य सेवा गर्दै आएका शरणार्थी अगुवा डा. भम्पा राई भन्छन्, ‘दोस्रो पटक भुटानमा प्रजातान्त्रिक सरकार गठनपछि शरणार्थी समस्याका बारेमा केही विचार विमर्श होला भन्ने लागेको थियो तर अब त्यो आश पनि समाप्त भएको छ।’

पहिलाको सत्ताधारी दल जिग्मे वाई थिन्ले नेतृत्वको ड्रुक फुन्सुम छोक्पा भन्दा अहिलेको निर्वाचित दल शरणार्थीको मामिलामा केही लचिलो रहेको शरणार्थी अगुवाहरुले बताएका थिए।

जुन दलबाट अहिले सात जना नेपालीभाषी समेत भुटानी संसदमा निर्वाचित भएका छन्। भुटानमा अझै पनि अढाई लाख भन्दा बढी नेपालीभाषी भुटानीहरु रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ