सुन समितिको म्याद थपिदै,६ वर्ष यता भएका तस्करीको नालीबेली पत्ता लगाएर तस्कर सिध्याउन बादलले दिए उर्दी



सरकारले गठन गरेको सुन तस्करीको संगठित अपराध अनुसन्धान समितिले पक्राउ परेका २९ र फरार ३४ जनाको साँठगाँठ खोतल्न थालेको छ।

समितिले ६ वर्षयताका सुनकान्ड एवं विमानस्थलमा रहेर काम गर्ने सरकारी कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो।
समिति स्रोतका अनुसार पक्राउ २९ जनाको बयान, उनीहरुबाट बरामद मोबाईल फोन र कागजपत्रका आधारमा सम्पर्क सूत्र केलाउने काम भइरहेको हो। समितिले बयानका क्रममा आएका नामहरुको संलग्नताबारे समेत सोधपुछका लागि पत्राचार र आवश्यकता अनुसार पक्राउ गर्ने तयारी गरेको छ।

टोलीले आफुलाई तीनवटा समुहका विभाजन गरेर अनुसन्धान सुरु गरेको हो। समिति स्रोतका अनुसार एउटा समुहले गायब भएको साढे ३३ किलो सुन लुटने समुह र तस्करीका नाईके गोरे भनिने चुडामणि उप्रेती सहित फरार रहेका सदस्यको खोजी गरिरहेको छ। प्राविधिक सहितका अर्कोे टोलीले टेलिफोन, मोबाईल र सामाजिक सञ्जाल मार्फत सुन तस्करले विभिन्न ब्यक्तिसँग गरेका कुराकानी र बरामद कागजपत्र केलाउदै छ। टोलीमा सम्मिलित रहेका कानुन विज्ञ सदस्यले मुद्दामा सघाइरहेका हुन्।

‘बयानमा २०१४ देखि सुन तस्करीमा गोरे समुह सक्रिय रहेको भन्ने देखियो, दोस्रो चरणमा त्यसयताको विवरण केलाउन थालेका छौं, एउटा टोली फिल्डमा खटिएको छ,’ टोलीका एक सदस्यले भने।

अनुसन्धान समितिको सिफारिसमा मोरङ प्रहरीले बुधबार १७ अर्ब १ करोड ८० लाख रुपैयाँ बिगो मागदाबी सहित ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। ६ समूहमा बाँडेर संगठित अपराध, भन्सार छली, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान आरोपमा मुद्दा चलाइएको छ।

कसैलाई नछोड्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा जोडिएर आउने ब्यक्ति जोकोही र जुनकुनै हैसियतको भए पनि नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएका छन्। अनुसन्धान प्रभावित पार्नेगरी सञ्चार माध्यमले टिकाटिप्पणी सुरु गरेपछि बिहीबार समिति संयोजक ईश्वर पौडेलसहितको टोलीले गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेको थियो।

गृह स्रोतका अनुसार मन्त्री थापाले कसैको दवाब एवं गलत प्रचारदेखि प्रभावित नभई निश्चिन्त भएर अनुसन्धान तथा कारवाही अघि बढाउन निर्देशन दिएका छन्। ‘आवश्यक परे समितिको म्याद थप गरेरै भए पनि अनुसन्धान निष्कर्षमा पुर्याउने उहाँको भनाइ रह्यो’, समितिका एक सदस्यले भने।

समितिले पहिलो चरणको अनुसन्धान पूरा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराएको थियो।

समितिले पहिलो चरणमा विमानस्थलबाट गोरे समूहले कसरी सुन तस्करी गरिरहेको थियो, कति सुन तस्करी भयो र को–को संलग्न छन् भन्ने आधारमा अनुसन्धान गरेको थियो। अनुसन्धानमा गोरे समुहले थाई एयरवेज र नेपाल एयरलाइन्सबाट आउने सुन विमानबाटै चोरबाटो भएर प्रहरी अधिकारीकै एस्कर्टिङमा सुन बाहिरिएको तथ्यसहितको विवरण गृहमन्त्री थापालाई गराएको छ। सनम शाक्यको हत्या र त्यसपछिका घटनाक्रमका विषयमा समेत समितिले जानकारी दिएको हो।

यस्तै दोस्रो चरणमा तस्करी भएर भित्रिएको ३८ सय किलो सुन कहाँ खपत भयो? तस्करी भएर भारत गएको भए कसको सहयोगमा कसरी गयो भन्ने विषय समेत समितिले खोजी गरिरहेको छ।

२०६८ देखिका सुनकान्ड अध्ययन हुँदै
उर्लाबारीका सनम शाक्य र विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन गायब प्रकरणमा केन्द्रित रहेर भएको पहिलो चरणको अनुसन्धानमा खुलेका विषयलाई दोस्रो चरणमा थप अनुसन्धानको तालिकामा समावेश भएको छ। समितिले २०६९ देखि विमानस्थलमा बसेका प्रहरी अधिकारी र अन्य एजेन्सीका कर्मचारीका विषयमा समेत सूचना संकलन गरिरहेको स्रोतले बतायो

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ