अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता



हाम्रो इकोनोमि

खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ ।

जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे प्रतियोगितामा महिला तथा पुरुष समूह काँता र पुरुष एकल काँतामा सेनाका खेलाडीले स्वर्ण पदक हात पारेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले बताउनुभयो । संयोजक कपालीका अनुसार बिहीबारै भएको महिला एकल काँता प्रतियोगितामा भारतले स्वर्ण पदक जितेको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु एक लाख, रु ७० हजार र रु ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने टोली, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट टोली व्यवस्थापकलाई जनही रु २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित उद्घाटन गरिएको प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजकसहित नौ समूहले प्रतिस्पर्धा गर्दैछन् ।

करीब रु ५० लाखको लागतमा सम्पन्न हुने प्रतियोगिताका लागि जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...