खानदानी सुन तस्कर भुजुंग गुरुङले दिए यस्तो डरलाग्दो बयान,गुरुङकै निर्देशनमा सुन तस्करी र हत्या भएको खुलासा



साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका सुन तस्कर भुजुङ गुरुङले सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनामनगरस्थित चुणमणि उप्रेती उर्फ गोरेको कार्यालयमा लैजाने क्रममा गायब भएको बयान दिएका छन्।

वन र तामाङ दुवै थाई एयरवेजका कर्मचारी हुन्। माघ २२ गते सुन तस्करले रहस्यमय रुपमा सानु बनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै हत्या गरेका थिए। सुन तस्कर चुणमणि उप्रेती उर्फ गोरेले हत्या गरेका सनम शाक्यसँगै तामाङलाई पनि सुन तस्कर समूहले यातना दिएको थियो।

विमानस्थल कर्मचारीको सल्लाहपछि सुन तस्करीको योजना
मलाई यकिन मिति याद भएन बि.सं.२०४०/४५ सालतिर म थाई एयरबाट बिदेश जाने र नेपाल फर्कने क्रममा थाई एयरलाईन्सका कर्मचारीहरु गोपाल कुमार श्रेष्ठ र उनका साथी ताहाचल बस्ने बसन्त प्रसाद बिजुक्षेसँग काठमाडौंमा भेटभयो। उनीहरुले पहिले देखि नै सोल्टि होटेल छेउको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजी लगायतका मानिसहरुसँग मिलेर सुनको कारोवार गर्ने गरेका थिए। उनीहरुको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजी लगायतका अन्य साथीसँग मनमुटाव भएको कुरा थाहा पाएपछि हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाह भयो। त्यसपछि हामीले सुन तस्करीको काराबार थाल्यौं। सुनको कारोवार गर्ने क्रममा म, गोपाल कुमार श्रेष्ठ, बसन्त प्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुदै थाई एयरवेजमार्फत नेपाल ल्याउन थाल्याैं। उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्थिम। उक्त सुन खरिद गर्न हामीले नेपाली रकम संकलन गरी सो नेपाली रकम हङकङमा रहेका नेपालीहरूको नेपालमा रहेका आफन्तहरुलाई दिने र हङकङबाट सो रकमको शोधभर्ना बापत हङकङ डलर लिएर हङकङमा सुन किन्ने गरेका थियौं।सो सुन नेपालमा ल्याएर पुनः नेपालस्थित बिभिन्न सुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं। यसरी सुनको कारोवार गर्ने क्रममा काठमाडौंमा चिनजान भएका एम के भन्ने मोहन कुमार अग्रवाल, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थियौं। हामीले उक्त सुन निजहरुलाई दिएपछि उनीहरुले को कसलाई दिने गरेको थिए मलाई थाहा भएन।

जहाजको ट्वाइलेट भित्र डस्टबिनमा सुनका बिस्कुट
सन् १९९० (बि.सं.२०४६) भन्दा अगाडि बसन्त प्रसाद बिजुक्षेले थाई एयरलाईन्सको काम छाडेपछि तत्कालको लागि हामिले सुनको कारोवारमा केही असहज महसुस ग¥यौं। त्यसपछि सुनको कारोबार बन्द गरी हामी अन्य व्यवसायतर्फ लाग्यौं। सन् २०१३ देखि हुनुपर्छ म, गोरे भन्ने चुडामणी उप्रेती, मेरो सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घले, एम के भन्ने मोहन कुमार अग्रवाल लगायतले पुनः सुन तस्करी गर्ने योजना बनायौं। योजना मुताविक मैले गोपाल कुमार श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा र निजको घरमा समेत गएर निजसँग समेत सल्लाह गरेँ। सुन तस्करीको कारोबार गर्ने निक्र्यौंल भएपछि एयरपोर्टबाट के कसरी सुन बाहिर निकाल्ने सवाल उठ्दा श्रेष्ठले प्लेनको ट्वाइलेटमा फोहोर फाल्ने डस्टबिनमार्फत सुन लुकाएर थाई एयरका सरसफाई गर्ने कर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म पुर्याउने भनी योजना सुनाए। सोहीअनुसार हामीले सुन तस्करी थाल्यौं। यसरी सुनको तस्करी गर्ने क्रममा एम के भन्ने मोहन कुमार अग्रवाल र उनका तीन दाजुभाईहरु पवन अग्रवाल, दरबार मार्गस्थित आर के डायमन्डको साहुजी राजेन्द्र शाक्य पनि सो कारोवारमा संलग्न रहेका थिए। सुन तस्करीको लागि एमके भन्ने मोहन कुमार अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने र सो रकम बैंकक र दुबईमा रहेका नेपालीहरुको नेपालमा रहेका आफन्तहरुलाई दिई सो रकम बापतको सोधभर्ना बैंकक र दुबईमा लिने र कहिले कहीँ हाम्रो आफ्नो समेत रकम लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएपछि त्यहाँ थाई कर्मचारीहरु गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ लगायतका मानिसहरुको संलग्नतामा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिर ल्याएर पहिले गोपाल कुमार श्रेष्ठ, एलबी मगर भन्ने लाल बहादुर मगर र वीरेन्द्रमान श्रेष्ठले मेरो घरमा आएर सुन दिने गरेको थिए।

अनामनगर र हाँडीगाउँमा गोरेको अफिस
मेरो पार्टनर मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र मेरो केही मनमुटाव समेत भएको साथै लामो समयसम्म मेरो घरमा निजहरुले सामान लिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुले समेत शंका गर्ने डरले मैले गोपाल कुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठलाई अबदेखी मेरो घरमा नआउनु तर मेरो मान्छेले भनेको स्थानामा गएर सामान छाड्नु भनेपछी निजहरुले म, मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्ने चुडामणी उप्रेती लगायतको सरसल्लाहमा मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक मैले भाञ्जा फाल्दुङ गुरुङ भन्ने ब्यक्तिले देखाए बमोजिम गोरे भन्ने चुडामणी उप्रेती लगायतले संचालन गरेको अनामनगर स्थित अफिस र हाडिगाँउस्थित गोरेले सुन तस्करी गर्न भाडामा लिएको कोठामा पुर्याउन थाले।

गोपाल कुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सिधै मेरो घरमा ल्याउने सुनको कमिसन मैले गोपाल कुमार श्रेष्ठलाई उपलब्ध गराउने गरेको थिए। यसरी सुनको कारोवार गर्ने क्रममा एम के भन्ने मोहन कुमार अग्रवालको सुन ल्याउने मात्र नभएर कहिले कहीँ मेरो र मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्त लगानीको र गोरे भन्ने चुडामणि उप्रेतीको लगानी रहेको सुन समेत ल्याउने गरेका थियौं।

एक केजी सुनमा ४० हजार कमिसन
गोरेको लगानी रहेको सुन गोरे भन्ने चुडामणी उप्रेतीले लिने, मेरो लगानी भएको सुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले हँुदै मैले प्राप्त गर्ने र एम के भन्ने मोहन कुमार अग्रवालको लगानी भएको सुन गोरे हँुदै उनले प्राप्त गर्ने र एमके भन्ने मोहनकुमार अग्रवालले सो सुनको कमिसन बापतको रकम गोरेलाई दिने, गोरेले उक्त रकमबाट आफ्नो टिमको के कती कमिसन कटाएर बाँकी रकम मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेले समेत निजको भागको के कती कमिसन रकम कटाएर मलाई दिएपछि मैले मेरो भागको कमिसन रकम कटाएर बाँकी रकम गोपाल कुमार श्रेष्ठलाई दिने गरेको थिए। गोपाल कुमार श्रेष्ठले सो रकम निजको टिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए।

प्रायजसो सुन तस्करी गर्ने क्रममा सुनको कमिसन बापत मैले प्रति एक केजीको नेपाली रकम रु.४० हजार पाउने गरेको थिएँ। सो रकमबाट मैले प्रतिकेजी नेपाली रकम पाँच हजार आफूसँग राखी नेपाली ३५ हजार गोपाल कुमार श्रेष्ठलाई दिने गरेको थिएँ। कहिले कहीँ सो रकमबाट बिमा वापत भनी केही रकम समेत काटेर मात्र निजलाई रकम दिने गरेको थिएँ। यसरी सुन तस्करी गर्ने क्रममा प्रति महिना ४–५ पटकदेखि ८–१० पटकसम्म सुन आउने गरेको मलाई थहा छ।

साढे ३३ केजी सुन विमानस्थलदेखि अनामनगर लैजान लुटियो
पछिल्लो पटक २०७४ माघ ९ गते मंगलबार एमके भन्ने मोहन कुमार अग्रवालको लगानी रहेको मैले समेतले कमिसन प्राप्त गर्ने साढे ३३ केजी सुन बैंककबाट थाई एयरवेज हँुदै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंसम्म ल्याएपछि सो सुन सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अनामनगरस्थित गोरे भन्ने चुडामणी उप्रेतीले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा लुटिएको कुरा सोही दिन थाईका कर्मचारी एलबी मगरले डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई बताएपछि उनीमार्फत मैले सो कुराको जानकारी पाएँ। मोटरसाइकलमा आएका ८–१० जनाको समूहले सुन लुटेको उनीहरुले बताएका थिए।

सुन हराएको उक्त घट्नाको विषयमा थप जानकारी लिन तथा हराएको सुनको खोजी गर्न मैले बोलाए बमोजिम सोही दिन राती सांग्रिला होटेलमा एलबी मगर भन्ने लालबहादुर मगर, सानु बन, डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ लगायतका मानिसहरुको उपस्थितिमा छलफल भयो। त्यसको एकदुई दिन पछि मेरो घरमा म, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ लगायतका मानिस समेत बसी सुन हराएको बिषयमा छलफल गरेका थियौं। उक्त हराएको सुनको खोजतलासको लागि सुन मालिक एम के भन्ने मोहन कुमार अग्रवालले हामीलाई निरन्तर रुपमा दबाब दिइरहेका थिए।

सफाया गरेर भए पनि सुन फिर्ता ल्याउन दवाब
सुन मालिक एमके भन्ने मोहन कुमार अग्रवालको उक्त सुन पत्ता लगाउनै पर्ने दबाब अएसँगै मैले र डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेले समेत गोरे भन्ने चुडामणी उप्रेतीलाई उक्त हराएको साढे ३३ केजी सुन जसरी भए पनि पत्ता लगाउनु पर्ने दबाब दिइरहेका थियौं। हामी एमके भन्ने मोहन कुमार अग्रवाल, म, डेविड र डा.भन्ने छिरिङ वाङदेल घले, निजको सवारी चालक फालदुङ गुरुङ, चाचजी भन्ने महावीरप्रसाद गोल्यान अग्रवाल समेतले गोरे भन्ने चुडामणी उप्रेतीलाई राखी जे जसरी हुन्छ हाम्रै ग्रुपका मानिसहरु यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनु भनी निर्देशन दिएका थियौं। त्यस पश्चात गोरे भन्ने चुडामणी उप्रेतीको समुहले काठमाडौं लगायत बिभिन्न स्थानका होटेलहरुमा उक्त हराएको सुनको सम्बन्धमा सोधपुछ गर्ने क्रम जारी नै थियो। सोधपुछको क्रममा गोरे भन्ने चुडामणी उप्रेतीले मलाई समेत भेट्न बोलाएको र डेविड र डा.भन्ने छिरिङ वाङदेल घलेलाई भेटी निजमार्फत फोन गराई मलाई भेट्न बोलाएको भए तापनि म गइनँ।

गोरे भन्ने चुडामणी उप्रेतीको समुहले हराएको साढे ३ केजी सुनको खोजतलासको लागि सोधपुछ गर्ने क्रममा उक्त सुन नभेटिएमा विमानस्थलस्थित थाई एयरवेजका कर्मचारी समूहबाटै हराएको सुनको क्षतिपूर्ति असुल गर्नुपर्ने अवस्था रहेको थियो। त्यसैले एयरपोर्टका थाई एयरका कर्मचारीहरुले समेत यस घटनामा संलग्न जो सुकैलाई जस्तोसुकै यातना दिएर ज्यानै लिनुपर्ने भएपनि पछि नहटी सुन पत्त लगाइ छाड्नु भनी गोरे भन्ने चुडामणी उप्रेतीलाई भनेको भनी गोरे भन्ने चुडामणी उप्रेतीले भन्दा हामीले थाहा पाएका थियौं। एम.के भन्ने मोहन कुमार अग्रवालको लगानी रहेको म समेतले कमिसन प्राप्त गर्ने साढे ३३ केजी सुन हराएको बिषयमा मेरो निर्देशनमा सो दिन सांग्रिला होटेलमा म, एलबी मगर भन्ने लाल बहादुर मगर, सानु बन, डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ लगायतका मानिसहरु भेला जम्मा छलफल भएको थियो।

त्यसको एक दुई दिन पश्चात मेरो घरमा म, गोपाल कुमार श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ, सानु बन लगायतका मानिसहरु छलफलमा बस्यौं। हामीलाई सुन मालिक एमके भन्ने मोहन कुमार अग्रवालले उक्त सुन को कसले लगेको छ जसको समूहका सदस्यबाट गद्दारी भएको भए पनि सफाया गर्नुपर्ने (ज्यान मार्ने सम्मको) अवस्था आए पनि सफाया गरेर (ज्यान समेत मारेर) सुन पत्ता लगाउनु भनी हामी सबैलाई दवाब दिइरहेका थिए। सुन मालिकको दबाब र सो सुनको कमिसन हामीले समेत प्राप्त गर्ने हुनाले यसरी सुन हराउँदा हामीलाई समेत घाटा पुग्न जाने, हाम्रो पोल समेत खुल्ने सम्भावना रहेको र हामीले समेत आफ्नो लगानीमा सुन ल्याउने गरेको हुँदा हाम्रो लगानीको समेत सुन हराउने सम्भावना रहेको र यति लामो समयदेखिको कारोबार धरापमा पर्ने भएको हुँदा जसरी पनि हराएको सुन पत्ता लगाउनुपर्ने र सो कामको लागि गोरे भन्ने चुडामणी उप्रेतीलाई बरु आफ्नो समुहमा रहेका वा अन्य जो कोही मानिसहरुको सफाया गर्नुपरे (ज्यान मार्नुपरे) सो समेत गरी जसरी भएपनि उक्त सुन खोज्नु भनी दबाब दिई गोरे भन्ने चुडामणी उप्रेतीलाई उक्त कामको जिम्मेवारी दिएका थियौं।

हामीहरुले दिएको आदेश बमोजिम नै गोरे भन्ने चुडामणी उप्रेतीले आफैँ र आफ्ना गु्रपका मानिहरुद्वारा बिभिन्न शंकास्पद व्यक्तिहरुलाई बिभिन्न स्थानमा लगि यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ