कांग्रेसको उपसभापतिमा गच्छदार र निधीको भाले भिडन्त, महामन्त्रीमा पूर्णबहादुर, सहमहामन्त्रीमा प्रकाशरण पक्का



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । आजदेखि सुरु हुने बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक भइरहेकै बेला दिल्लीमा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले बैठक रोकिएको थियो । खड्काको शोकमा स्थगित भएको बैठक शुक्रबार दिउँसोबाट पुनः बोलाइएको छ । चैत ९ गतेबाट शुरु भएको बैठक चैत १६ गते स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थगित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने जानकारी दिए ।

 

पौडेलका अनुसार, नेताहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि यही क्रम जारी रहने छ । धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिन सक्ने सम्भावना छ ।

यसअघि ४२ जना केन्द्रीय सदस्यले निर्वाचन परिणाम र समसामयिक राजनीतिबारे धारणा राखिसकेका छन् ।

आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा अस्ति बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र विगतको चुनावी समीक्षाबारे आफ्नो धारणा राख्ने छन् ।

केन्द्रीय सदस्यहरुले बोलिसकेपछि यही बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा नाम प्रस्ताव गर्ने अनुमान केन्द्रीय सदस्यहरुले गरेका छन् ।

उपसभापतिमा गच्छदार कि निधी ?

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै गुटका नेता विमलेन्द्र निधीलाई उपसभापति बनाउने चर्चा यसअघिदेखि नै चल्दै आएको छ । तर, यसवीचमा देउवाले निर्वाचनको मुखमा विजय गच्छदारलाई कांग्रेसमा भित्र्याएका छन् र उनलाई उपसभापति बनाउने आश्वासन दिएका छन् ।

गच्छदारलाई उपसभापति बनाइएमा निधीले असन्तुष्टि राख्ने निश्चित छ । तर, गच्छदारलाई दिइएको आश्वासनबाट पनि देउवा पछि हट्ने स्थिति छैन ।

विजयकुमार गच्छदार आफूलाई उपसभापति र अन्य एक दर्जन नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने पूर्वसर्तसहित नेपाली कांग्रेसमा विलय भएका हुन् ।

तर, देउवाले विमलेन्द्र निधीलाई नै उपसभापति बनाउने कांग्रेस नेताहरुको दाबी छ । यसो गर्दा अहिलेसम्म जिम्मेवारी नपाई बसेका पूर्वलाकतान्त्रिक फोरमका नेताहरुलाई सम्हाल्न देउवालाई गाह्रो पर्न सक्छ ।

 

यसैवीच सभापति देउवाले मनोनित महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउन लागेको चर्चा छ । सहमहामन्त्रीमा डा. प्रकाशशरण महतको नाम चर्चामा छ । दुबै देउवा गुटका नेता हुन् ।

कांग्रेस स्रोतका अनुसार उपसभापतिमा गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । त्यस्तै महामन्त्रीमा देउवा समूहबाटै मानबहादुर विश्वकर्माले पनि आकांक्षा देखाएका छन् ।

कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको दुई महिनाभित्र पार्टी सभापतिले पदाधिकारीहरु मनोनित गर्नुपर्थ्यो । तर, देउवाले २ वर्ष गुज्रिन लाग्दासमेत पदाधिकारी मनोनयन गर्न सकेका छैनन् । देउवाको सुस्त शैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला जारी बैठकमा पदाधिकारी मनोनयनको चर्चा चलेको हो ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ ।

देउवाले पदाधिकारीहरुको मनोनयन सहमतिमै हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गर्दै आएका छन् । तर, देउवा भने यी पदहरुमा आफ्नै गुटमा मानिस ल्याउने पक्षमा छन् ।

पछिल्लो समय देउवाको विपक्षमा पौडेल पक्षले आफूलाई संगठित गर्दै लगेको छ । देउवा पक्षमा रहेका अर्जुन नरसिंह केसी पौडेल पक्षमा गइसकेका छन् । त्यस्तै तेस्रोधारका रुपमा रहेको सिटौला समूह पनि अहिले रामचन्द्र पौडल पक्षसँग नजिकिएको छ । प्रकाशमान सिंह पनि देउवाविरोधी कित्तामा खुलेर लागिसकेका छन् ।

तर, यति हुँदा पनि केन्द्रीय कार्यसमितिमा देउवा समूहको बलियो उपस्थिति छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला लगायतका नेताहरुले विधान संशोधन समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्

विधान संशोधन समिति बनाउन माग

यसैवीच पौडेल पक्षले नेपाली कांग्रेसको विधान संशोधनका लागि समिति गठन गर्न संस्थापन पक्षसँग माग गरेको छ ।

देश संघीयतामा गइसकेपछि पनि कांग्रेसको विधान एकात्मक प्रकारकै भएको भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला लगायतका नेताहरुले विधान संशोधन समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सो समितिले तयार पारेको विधान संशोधन प्रस्ताव तत्कालै महासमिति बैठक बोलाएर दुई तिहाई बहुमतले पारित गर्नुपर्ने र आगामी महाधिवेशन सोही परिमार्जित विधानअनुसार गरिनुपर्ने कांग्रेस नेताहरुले माग गरेका छन् ।

तर, देउवा समूहले भने महाधिवेशन चाँडो नगर्ने र आफ्नो पद लम्ब्याउने रणनीति अख्तियार गरिरहेको पौडेल पक्षको आरोप छ । अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९