हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग,सर्वेन्द्र खनाललाई आइलाग्यो यस्तो संकट



प्रहरी प्रधान कार्यालय नक्साल हाताभित्र रहेको एउटा विभाग यतिबेला कहाँ छ? स्वयम् सम्बन्धित अधिकारीहरुलाई थाहा छैन। र, यतिबेला उनीहरु त्यसको खोजीमा छन्।

प्रहरी प्रधान कार्यालयमा रहेको प्राविधिक सहायता विभाग करिब १० वर्षदेखि हराएको हो। विभागलाई समेत बोधार्थ दिएर १ कार्तिक २०६५ मा लेखिएको पत्र बाहेक सो विभागको कहीँकतै कुनै अस्तित्व देखिन्न।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दीसहित प्रहरीको प्राविधिक सेवा अन्तर्गत रहेका निर्देशनालय, महाशाखा र शाखाहरुको समन्वयनका लागि सो विभाग गठन गरिएको थियो।

संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग प्रहरी उच्च अधिकारीहरुको स्मरणमा आयो र त्यसको सोजी सुरु भयो।

संघीय प्रहरी ऐन अनुसार प्रदेश प्रहरी अन्तर्गत गठन हुने प्राविधिक महाशाखालाई संघीय गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयकै ‘चेन अफ कमाण्ड’ मा राख्न विभागको आवश्यकता देखिएको हो।

प्राविधिक सेवा अन्तर्गत सात प्रदेशका प्रहरीको एकआपसमा समन्वयनका लागि समेत कानूनमै सोही अनुसारको व्यवस्था गर्न अहिले गृहकार्य भइरहेको छ।

प्रहरीले सञ्चारका लागि प्रयोग गर्ने वाकिटाकी रेडियो सञ्चार सेट, कम्प्युटर सफ्टवेयर, इन्टरनेट लगायतका उपकरणमा एकरुपता नभए भोलि प्रदेश–प्रदेश र प्रदेश–केन्द्रीय प्रहरीबीच सञ्चार सम्पर्कमा कठिनाई हुने प्रहरी प्राविधिकहरुले ठानेका छन्।

कहाँ गयो विभाग?
१ कार्तिक २०६५ मा प्रहरीका दुईजना प्राविधिक नायब निरीक्षकले शैक्षिक विदाका लागि लेखेको एउटा पत्रमा प्राविधिक सहायता विभागलाई बोधार्थ दिइएको छ।

के देखिन्छ भने, सो विभागको गठन २०६२–०६३ ताका भएको थियो। किनभने, त्यसका प्रथम र अन्तिम प्रमुख तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण बस्नेत थिए।

शाही शासनमा गठन भएको सो विभागलाई लोकतन्त्र पुनर्स्थापनापछि राजनीतिक आँखाले हेरियो र निस्क्रिय बनाइयो। नजानिदो ढंगले त्यसको अस्तित्व समाप्त पारियो।

स्रोतका अनुसार विभागमा रहने अतिरिक्त महानिरीक्षकले आफू अनुकूल प्रहरी नियमावलीमा संशोधन गराएर महानिरीक्षक हुने कतिपय उच्च प्रहरी अधिकारीको आशंका नै सो विभाग गायब हुनुको मुख्य कारण हो।

तर पछिल्ला प्राविधिक डिआईजीहरु भने उपरोक्त विभाग प्रहरीको प्राविधिक सेवा मुख्यालय र संघीय गृहमन्त्रालयका लागि आवश्यक रहेको औंल्याउँछन्।

उनीहरुका अनुसार, प्रहरीको प्राविधिक उपकरणमा एकरुपता ल्याएर छरिएर रहेका निर्देशनालय, महाशाखा र शाखालाई चेन अफ कमाण्डमा राख्न यस्तो विभाग आवश्यक छ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९