ओली यसरी बने थप शक्तिशाली,यी (सुची सहित)४८ संयन्त्र प्रधानमन्त्री कार्यालय मातहत राखियो



राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागजस्ता महत्वपूर्ण अङ्गहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहत आएपछि प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

गत चैत १ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार कार्यविभाजन नियमावली पहिलो संशोधन नियमावली २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहतमा ४८ कार्यविभाजन तोकिएको छ ।
गृहमन्त्रालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति सुद्धीकरण विभाग तथा अर्थमन्त्रालयअन्र्तगत रहेको राजस्व विभागजस्ता महत्वपूर्ण अङ्गलाई आफू मातहत ल्याएर प्रधानमन्त्री ओलीले आफूले केही गर्न खोजेको सन्देश दिएका छन् ।

नेपालको मुख्य गुप्तचर निकायका रूपमा रहेको राष्ट्रिय अनुसन्धान विभागले देशभरका महत्वपूर्ण गोप्य सूचनाहरू सङ्कलन गर्नेगर्छ । यसअघि गृहमन्त्रालय मातहत रहेको यो निकायले अब महत्वपूर्ण सूचना तथा जानकारी प्रधानमन्त्री कार्यालयलाई ‘ब्रिफिङ’ गर्नेछ ।

यस्तै ठूला आर्थिक अपराधको अनुसान्धन गर्ने निकायका रूपमा २०३८ सालदेखि गृहमन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ ।
सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारमा सहयोग गर्न कुनै पनि प्रकारका गैरकानुनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने एक आधिकारिक निकाय हो ।

गैरकानुनी रूपमा कमाएको धनलाई कानुनी ढङ्गले कमाइएको भनी रूप परिवर्तन गर्ने एक प्रक्रिया सम्पत्ति शुद्धीकरण हो । गलत ढङ्गले कानुनको अधीनमा नरही आर्थिक कारोबार नगरी धन थुपार्ने, आर्थिक नियमहरू, आर्थिक दक्षता तथा महत्वपूर्ण रूपमा कानुनी राजमा खलल आउने र अन्ततः मुलुकको समग्र अर्थतन्त्र नै ध्वस्त हुने हुँदा त्यसलाई नियन्त्रण गर्न यो निकाय क्रियाशील छ ।
प्रधामन्त्री कार्यालय मातहत आएपछि अब यो विभागलाई प्रधानमन्त्रीले आफ्ना योजनाअनुसार अगाडि बढाउन सक्छन् ।

यस्तै अर्थमन्त्रालय मातहतमा रहेको राजस्व अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ । यो विभागको मुख्य काम राजस्व चुहावट एवम् नियन्त्रण गर्ने हो ।
अर्थमन्त्रालयको एक महाशाखाका रूपमा रहेकामा २०५० सालदेखि राजस्व अनुसन्धान विभागमा रूपान्तरण भएको यस विभागका चारवटा क्षेत्रीय इकाइ रहेका छन् ।

पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको पथलैया, पश्चिमाञ्चलको बुटवल र मध्य तथा सुदूर पश्चिमाञ्चलको कोहलपुरमा यसका इकाइहरू रहेका छन् । गैरकर राजस्वको समेत अनुसन्धान, तहकिकात र कारवाही गर्ने, विदेशी विनिमयको अपचलनको रोकथाम तथा नियन्त्रणको अनुसन्धानसम्बन्धी कार्य यो विभागको कार्यक्षेत्र हो ।

एमालेका १ सय २१, माओवादीका ५३, राजपाका १७ र सङ्घीय समाजवादी फोरमका १६ सांसदको समर्थन पाएर राजनीतिक रूपमा शक्तिशाली बनेका ओली अन्य मन्त्रालयबाट महत्वपूर्ण विभागहरू आफूतिर तानेर झनै शक्तिशाली बनेका हुन् ।

यी हुन् प्रधानमन्त्री मातहत रहेका निकाय र संयन्त्रहरू :
१. मन्त्रिपरिषदसम्बन्धी ।

२. नेपाल सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन

३. नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन ।

४. नेपाल सरकार मन्त्रिपरिषदका निर्णयको कार्यान्वयन र अनुगमन ।

५. नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय ।

६. नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन ।

७. प्रचलित कानुन बमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत ।

८. सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी ।

९. मुलुकको राजनीति, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति, सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय ।

१०. शासकीय प्रबन्ध, सुशासन प्रवद्र्धन र प्रशासनिक सुधार ।

११. द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन ।

१२. सङ्घीय शासन प्रणाली र अन्तरदेशसम्बन्धी कार्य ।

१३. प्रधानमन्त्रीको सम्पर्क र सञ्चार ।

१४. प्रधानमन्त्रीको निर्देशन र कार्यान्वयन ।

१५. मानव अधिकारको संरक्षण, प्रवद्र्धन, समन्वय र प्रतिवेदन ।

१६. भष्ट्राचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन ।

१७. राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ।

१८. संवैधानिक परिषद ।

१९. सङ्घीय संसदको अधिवेशन आह्वान र अन्त्य ।

२०. प्रदेश प्रमुखसम्बन्धी ।

२१. परराष्ट्र तथा सुरक्षा मामिला ।

२२. अख्तियार दुरुपयोग अनुुसन्धान आयोग ।

२३. लोक सेवा आयोग ।

२४. राष्ट्रिय मानव अधिकार आयोग ।

२५. महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय ।

२६. राष्ट्रिय योजना आयोग ।

२७. राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ।

२८. लगानी बोर्ड ।

२९. राष्ट्रिय सतर्कता केन्द्र ।

३०. सार्वजनिक खरिद अनुगमन कार्यालय ।

३१. नेपाल ट्रष्टको कार्यालय ।

३२. गरिबी निवारण कोष ।

३३. राष्ट्रिय अनुसन्धान विभाग ।

३४. सम्पत्ति शुद्धीकरण विभाग ।

३५. राजस्व अनुसन्धान विभाग ।

३६. विषय विज्ञ समूह ।

३७. राष्ट्रिय तथा अन्तरप्रदेश स्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन ।

३८. प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन र मापदण्ड ।

३९. गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड ।

४०. भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनः र्निमाणसम्बन्धी नीति, कानुन र मापदण्ड ।

४१. विपद व्यवस्थापनसम्बन्धी समन्वय ।

४२. प्रधानमन्त्री केन्द्रीय विपद सहायता कोष सञ्चालन ।

४३. अदालतको फैसला कार्यान्वयन तथा अनुगमन ।

४४. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय ।

४५. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन ।

४६. नेपाल न्याय सेवाको वकिल समूहको सञ्चालन ।

४७. प्रधानमन्त्री र मन्त्रिपरिषदसम्बन्धी अन्य कार्यहरू ।

४८. अवशिष्ठ अधिकारको प्रयोग ।

आर्थिक समृद्धि, सुशासन, विकास र स्थिर सरकारको परिकल्पनाका साथ अघि बढेका प्रधानमन्त्री ओलीलाई आफूले चाहेअनुसार काम गर्न माथि उल्लेखित निकाय आफू मातहत आएपछि झनै सहज हुनेछ । तर यी निकायहरूलाई उनले कसरी प्रभावकारी बनाउन सक्छन्, त्यसले नै उनको सफलता निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९