स्पेनिस ला लिगा : बार्सिलोना बराबरीमा रोकियो



हाम्रो इकोनोमि

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोना सेल्टा डी भिगोसँग २–२ को बराबरीमा रोकिएको हो।

खेलमा ३६ औँ मिनेटमा उसमा डेम्बेलेको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो। तर ४५ औँ मिनेटमा क्यास्ट्रो ओट्टोले सेल्टाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेल दोस्रो हाफमा पनि थप एक एक गोल भए।

खेलको ६४ औं मिनेटमा पाको अलकेसरले गोल गर्दै फेरि बार्सिलोनालाई अग्रता दिलाए। त्यसको ७ मिनेट पछि सेर्गी रोबर्टोले रातो कार्ड पाएर मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो।

सेल्टाका लागो एस्पासलाई तानेका कारण रोबर्टोले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए। १० खेलाडीमा सिमित बार्साले ८२ औँ मिनेटमा गोल खायो। लागो एस्पासले सेल्टाका लागि बराबरी गोल फर्काए।

बराबरीपछि अपराजित यात्रा ४० पुगेको शीर्ष स्थानको बार्सिलोनाको लिगका पाँच खेल बाँकी हुँदा ८३ अंक भएको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३२ खेलबाट ७१ त्था तेस्रो स्थानको रियल मड्रिडको ६७ अंक छ। ३३ खेलबाट ४४ अंकसहित सेल्टा नवौँ स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...