प्रचण्डले ओलीको बिरोध गरे पछी एकता गर्ने भाखा सर्यो,कहिले लाई तोकियो एकताको अर्को मिति?



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ ।
एकताका लागि थप गृहकार्य गर्नु भर्ने भन्दै तत्कालका लागि पार्टी एकता टरेको हो ।

कतिपय प्राविधिक विषयमा आवस्यक गृहकार्य नपुगेकोले वैशाख ९ गते पार्टी एकता घोषणा गर्न नसकिने निश्कर्षमा पुगिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलरवार झण्डै ४ घण्टा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा मिल्न नसकेको बिषयमा सहमतिको प्रयास भएको थियो । माओवादी सशस्त्र ‘जनयुद्ध’को उचित सम्वोधन, सम्मान जनक एकता, चुनाव चिह्न लगायत बिषयमा सहमति जुटन सकेको छैन ।

‘पार्टीको संगठनात्मक स्वरुप र पार्टीको सिद्धान्तको बिषयमा कार्यदलले तयार गरेका दुई प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ’ बैठकपछि श्रेष्ठले भने । एकता गर्दा केन्द्रदेखि तलसम्म सम्मानजनक एकता गर्नु पर्ने र त्यसका लागि ५० प्रतिशत हिस्सा पाउनु पर्ने माओवादीको दावी छ ।

नेता श्रेष्ठले पार्टी एकता गर्ने बिषयमा दुबै दल सैद्धान्तिक रुपमा सहमति भइसकेकोले विवादित विषय नै नभएको दावी गरे । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका सदस्यहरु उपस्थित थिए ।

यस्तै एमालेका तर्फबाट बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।
संयोजन समितिको बैठकअघि ओली र प्रचण्डबीच सोमवार एक्ला एक्लै वार्ता भएको थियो । सोमवार नै एमाले स्थायी कमिटी बैठकमा ९ गते नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

गणतन्त्र दिवस अगावै घोषणा !

कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर ९ वैशाखमै पार्टी एकता गर्ने दुई पार्टीको तयारी थियो । ९ वैशाखको मिति टरेपनि गणतन्त्र दिवस (जेठ १५) अगावै पार्टी एकता हुने नेताहरुले दाबी गरे ।

‘वैशाख ९ मा नभएपनि गणतन्त्र दिवस अगावै पार्टी एकता गर्ने सहमति भएको छ’ माओवादी स्रोतले भन्यो । बैठकमा माओवादीले कतिपय बिषयमा एमालेसँग थप स्पष्ट हुन खोजेको थियो ।

एमाले स्रोतका अनुसार प्रचण्डले एकता महाधिवेशनपछि आफू अध्यक्ष बन्न पाउनु पर्ने र वामपन्थी गठबन्धन बनाउँदा भएको सहमति अनुसार दुई बर्ष प्रधानमन्त्री बन्न पाउनु पर्ने कुराको सुनिश्चितता खोजेका छन् ।

प्रधानमन्त्री ओलीले सचिव सरुवा गर्दा एकलौटी गरेको तथा भारत भ्रमणको बिषयमा परामर्श नगरेको भन्दै माओवादी शशंकित भएको थियो ।

चुनावपछि पार्टी एकता गर्ने भन्दै असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका एमाले माओवादीले चुनावमा उत्साहपूर्ण नतिजा ल्याएका थिए । तर एमालेले सरकारमा एकलौटी गर्न खोजेको भन्दै माओवादीका भातृ संगठनले सम्मानजनक एकता गर्न अध्यक्ष प्रचण्डाको ध्यानाकर्षण गराएका थिए ।

जनमतको कदर गर्न र नेपालमा एउटै कम्युनिष्ट पार्टी स्थापना गर्न भन्दै उनीहरुले पार्टी एकीकरणको गृहकार्य गरिरहेका छन् । दुइदलबीच मिल्न नसकेका बिषय महाधिवेशनबाट टुंगाउने गरी फागुन ७ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...