सुकुटेमा ध्यान गरे पछी प्रचण्डले ओलीलाई यी ६ मन्त्रले गरे झारफुक,प्रचण्डका मन्त्रले ओलीलाई थला पार्यो



पार्टी एकतालाई लिएर नेकपा एमाले र माओवादीबीच झनै धुव्रीकरण बढेको छ।

एकताका लागि गाँठो परेका विषयमा छलफल गर्न लामो समयपछि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलबीच सोमबार भेटवार्ता भए पनि त्यसले निष्कर्षको रुप लिन नसकेपछि पार्टी एकता अन्योलमा परेको हो।

स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले एकताको क्रममा गठन हुने केन्द्रीय कमिटीमा समान हैसियत अर्थात ५०/५० को अनुपातमा हुनुपर्ने प्रस्ताव राखे पनि प्रधानमन्त्री ओलीले त्यस विषयमा थप छलफलको आवश्यकता रहेको जवाफ दिएका छन्। यस्तै यसअघिको सहमति अनुसार एकीकृत पार्टीको नेतृत्व आफूहरु दुवै जनाले गर्ने भए कसले के गर्ने भन्नेबारे स्पष्ट कार्यदेश बनाउनु पर्ने प्रस्ताव दाहालले ओलीसमक्ष राखेका थिए।

सरकारको कार्यशैली प्रष्ट हुनुपर्ने, जनयुद्ध र जनआन्दोलनको योगदानको बुझाइमा एमाले र माओवादीको एकै समझदारी हुनुपर्ने जस्ता प्रस्ताव समेत दाहालले राखेका थिए। तर, प्रधानमन्त्री ओलीले ती विषयमा पनि थप छलफलकै आवश्यकता रहेको बताएका थिए।

छलफलले निष्कर्षको रुप लिने नसकेपछि प्रधानमन्त्री ओली र दाहाल मंगलबार ९ बजे एकता संयोजन समितिको बैठक डाक्ने निधोमा पुगेका छन्। प्रधानमन्त्री ओली र दाहालबीचको छलफलपछि एमाले नेता कृष्णगोपाल श्रेष्ठले पछिल्लो समय पार्टी एकताको विषय सहज र सकारात्मकरुपमा अघि बढ्न नसकेको बताए। ५०/५० प्रतिशतको अनुपातमा केन्द्रीय कमिटी गठन गर्नुपर्ने माओवादीको प्रस्ताव आफूहरु मान्य नहुने श्रेष्ठको भनाइ छ।

श्रेष्ठले एकतालाई लिएर विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्न एमालेले सोमबार साँझ पाँच बजे स्थायी समितिको बैठक बोलाएको समेत जानकारी दिए।

छलफलका लागि माओवादी अध्यक्ष दाहाल सिन्धुपाल्चोकको सुकुटेमा एक रात आराम गरेपछि फोन मार्फत कुरा गरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न ओली निवास बालुवाटारमा बिहान साढे १० बजे पुगेका थिए। प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको छलफल निष्कर्षबिहीन भएपछि पूर्व घोषित मिति वैशाख नौ गते नै पार्टी एकता हुनेमा भने आंशका झन बाक्लिएको छ।

आरामका लागि दाहाल सुकुटे पुगेपछि आइतबार बिहान हुने भनिएको एमाले र माओवादी वार्ता पनि स्थगित भएको थियो। गत चैत २१ गते बाम गठबन्धनका शीर्ष नेताहरु वैशाख ९ गते पार्टी एकीकरणलाई औपचारिकता दिने घोषणा गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीको भारत भम्रण, काठमाडौं फर्केपछि बढेको उनको व्यस्तता र रारा भ्रमणले पार्टी एकताबारे माओवादी अध्यक्ष दाहालसँग छलफल हुन सकेको थिएन।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि एकतामा बाधक बनिरहेका प्राविधिक विषयमा थप छलफल गरी सहमतिमा पुग्नका लागि डाक्ने भनिएको एकता संयोजन समितिको बैठक समेत बस्न नसक्दा तोकिएकै मितिमा एकता हुने आशंका उब्जिएको हो।

पार्टी एकताका लागि माओवादीका ६ प्रस्ताव

एकीकृत पार्टीका अध्यक्षहरुको कार्यदेश स्पष्ट हुनु पर्ने
सरकारको सामूहिक कार्यशैली हुनुपर्ने
५०/५० प्रतिशतको अनुपातमा केन्द्रीय कमिटी गठन हुनु पर्ने
जनयुद्ध र जनआन्दोलनको योगदानको बुझाइमा एकै समझदारी हुनुपर्ने
चुनाव चिह्न हँसिया हथौडा र सूर्य दुवै हुनुपर्ने
अन्तरिम विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्नु पर्ने

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९