इंगलिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई, म्यान्चेस्टर युनाइटेड स्तव्ध



हाम्रो इकोनोमि

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै लिग तालिकाको पुछारमा रहेको वेष्टब्रोमसँग पराजित भएपछि सिटीले पाँच खेल अगावै उपाधिमाथि कब्जा गरेको हो ।

युनाइटेडलाई अप्रत्यासित हार चखाउन वेष्टब्रोमका जय रोड्रिग्वेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए ।

लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा सिटीभन्दा १६ अंकले पछि छ ।

घरेलु मैदानमै लिगको पुछारमा रहेर रेलिगेशन कुरिरहेको वेष्टब्रोमसंग हार बेहोरेपछि प्रशिक्षक जोजे मौरिन्होको दिनगन्ती सुरु भएको बताइन्छ ।

३३ खेलमा २८ जित, ३ बराबरी र २ वटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो ।

हारपछि भने युनाइटेडको दोस्रो स्थान पनि सुरक्षित देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...