प्रधानमन्त्रीले भाषणविज्ञ र सञ्चारविज्ञमा १२ जनालाई नियुक्त गर्ने,यस्तो बन्ने भयो प्रधानमन्त्री कार्यालयको नयाँ संरचना



सरकारले नयाँ संघीय संरचना अनुसार संघमा रहने मन्त्रालयको संगठन, संरचना तथा दरबन्दीको टुंगो लगाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त संरचना मन्त्री लालबाबु पण्डितले चैत ९ मा स्वीकृत गरेका थिए। संघीयतापछि देश नयाँ संरचनामा गएकाले केन्द्रीय सरकारको प्रधानमन्त्री कार्यालयको संरचना पनि नयाँ प्रस्ताव गरिएको हो।

प्रस्तावित नयाँ संरचना अनुसार, पाँच जना सचिवको नेतृत्वमा विभिन्न समिति रहने उल्लेख छ। प्रधानमन्त्रीको सल्लाहकार सचिवालय हुने र त्यस अन्तर्गत परराष्ट्र, आर्थिक, जनसम्पर्क तथा सुरक्षा सल्लाहकार हुनेछन्।

नयाँ संरचनामा प्रधानमन्त्रीको दैनिक कार्यमा सहयोग गर्ने अलग्गै निजी सचिवालयको व्यवस्था गरिएको छ। जसमा प्रेस सल्लाहकार–१, भाषण तथा वक्तव्य मस्यौदा विज्ञ– ६, सूचना प्रविधि तथा सञ्चार विज्ञ– ६ र कार्यक्रम उत्पादन तथा प्रशारण विज्ञ- १ जनाको नियुक्ति हुने उल्लेख छ। निजी सचिवालयमा १४ जनासम्मलाई नियुक्ति दिन पाउने मन्त्रालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, सचिवालयमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नासु, कार्यालय सहयोगी लगायत गरी १२ जना हुनेछन्।

पाँच सचिवलाई अलग-अलग विभागको जिम्मेवारी समेत तोकिएको छ। प्रत्येक सचिवलाई आठ तहको जिम्मेवारी हुनेछ। एक जना सचिवलाई मन्त्रिपरिषद्, संवैधानिक निकाय तथा प्रशासनको जिम्मेवारी तोकिएको छ। जसले मन्त्रिपरिषदको बैठकदेखि संवैधानिक निकायको समेत समन्वय गर्नेछन्।

राष्ट्रिय सुरक्षा, सामाजिक विकास तथा प्रादेशिक समन्वय शाखाको नेतृत्व गर्ने सचिवले नौ वटा उपशाखा समेत हेर्नुपर्नेछ। यस्तै, प्रस्तावित नतिजा व्यवस्थापन तथा सुशासन शाखाको नेतृत्व गर्ने सचिवले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हेलो सरकार र सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा लगायत नौ वटा शाखाको जिम्मेवारी लिनुपर्नेछ।

आर्थिक पूर्वाधार तथा विकासको नेतृत्व गर्ने सचिवले ६ वटा शाखा हेर्नुपर्नेछ। यस अन्तर्गत पूर्वाधार सम्बन्धी शाखा पर्ने संरचनामा उल्लेख छ। पाँचौं सचिवले कानुन तथा मानव अधिकार अन्तर्गतको शाखा हेर्नेछन्। जसले कानुन तथा फैसला कार्यान्वयन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको शाखासहित ६ वटा शाखाको जिम्मेवारी पाउनेछन्।

प्रधानमन्त्री कार्यालयले ३१ पदमा करारमा कर्मचारी राख्न पाउने नयाँ संरचनामा उल्लेख छ। कार्यालय सहायकमा २० जना र हल्का सवारी चालकमा ११ जना करारमा राख्न सक्नेछ।

प्रधानमन्त्री कार्यालयमा थपियो ३९ दरबन्दी

प्रधानमन्त्री कार्यालयको नयाँ संरचना अनुसार ३९ दरबन्दी थप भएको छ। यसअघि १ सय ९८ दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा अब २ सय ३२ वटा दरबन्दी हुनेछ। यो संख्या मुख्य सचिवदेखि कार्यलय सहायक (मेसेन्जर)सम्म ३७ पद अन्तर्गतको हो।

मुख्य सचिव १, सचिव ५, सहसचिव ६, उपसचिव३०, शाखा अधिकृत–४८, नासु २०, कम्युटर अपरेटर ३४ र अन्य ८८ जना हुने नयाँ संरचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट