अरु बिषयमा तै चुप मै चुप भए पनी ओलीले हाम्रो मधेश डुबाउने भन्दै मोदीलाई यसरी झपारे



तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतले नेपालमा गरेको विकास निर्माणका कार्यप्रति असन्तुष्टी जनाएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा ओलीले नेपालीले भारतका कारण भोग्दै आएका ज्यादतीका विषयमा पनि कुरा उठाएका थिए । साथै ओलीले भारतले नेपालको विकासमा पुर्याएका अवरोधका बारेमा कुरा उठाएका थिए ।

प्रधानमन्त्री ओलीले मोदीलाई पटक–पटक सानासाना कुराले विश्वासको वातावरण बिगारेको भन्दै अब विश्वासको आधार बनाउँ भनेका छन् । ओलीले नेपालको जुट र अदूवा निकासीमा भारतको अवरोधदेखि डुबानसम्मका समस्यामा भारतको कर्मचारीतन्त्रले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री तहमै असन्तुष्टि जनाए ।

‘भारतसँगको नेपालको ब्यापार घाटा ‘अलार्मिङ प्वाइन्ट’ मा पुगिसक्यो । यसमा अब पनि हामी गम्भिर भएनौं भने नेपालले त धान्न सक्दैन । यस्तो विषयमा भारतले विश्वासको आधार बनाउनुपर्ने हो । हामी तपाईहरुको व्यापारिक प्रतिस्पर्धी होइनौं । त्यसैले ब्यापार घाटा कम गर्ने सन्दर्भमा भारत लचिलो भइदिनुपर्यो । उदाहरणका लागि जुटकै कुरा गरौं । ‘

मोदीले ,पनि भनिहाले, ‘यो कुराले म सिरियस भएँ’ भन्दै तत्कालै वाणिज्य सचिवस्तरीय बैठक राखेर काम गरिहालौं भनेका छन् । विश्वासको आधार कमजोर भएको भन्दै ओलीले मोदीलाई यसरी सम्झाए, ‘एकीकृत महाकाली सन्धी भएको २० वर्ष पुगिसक्यो । त्यो सन्धी गर्दा भारतले टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता जनाएको थियो । जम्मा डेढ किलोमिटर सडक २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ ? हामीले विश्वासको आधार कसरी बनाउने ? भारतले प्रतिदिन २६ किलोमिटर नयाँ सडक बनाइरहेको भन्ने मैले सुनेको छु । तर डेढ किलोमिटर सडक बनाउने प्रतिबद्धता अहिलेसम्म पूरा नहुनु लाजमर्दो भयो । यस्ता साना साना कुरा हुन्, जसले आपसी विश्वासको आधार तय गर्छन् ।’

मोदीले जवाप फर्काए, ‘म योसुनेर अचम्मित भएको छु । तत्कालै उत्तराखण्ड सरकारलाई भन्छु । टनकपुरलाई नेपालसँग जोड्ने डेढ किलोमिटर लिंक रोड बनाउन तत्कालै अघि बढ्छ ।’

ओलीलाई अझै चित्त नब’झेको क’रा रहेछ डुबान । उनले ग’नासो पोखे, ‘प्रत्येक वर्ष डुबानबाट नेपालतर्फ गरीवहरुको उठिबास भएको छ । सानो झुप्रो र केही खेतबाट जीवन धानिरहेका हाम्रा जनता नदीको बहाव थुनिदा उठिबास भएका छन् । यसअघिका भ्रमणमा हाम्रै तहमा कुरा भएर संयुक्त रुपमा भ्रमण गर्ने र नदीको बहाव नरोकिने उपाय खोज्ने सम्झौता भएको हो । तर, अहिलेसम्म केही प्रगति भएन । यसपटक वर्षा लाग्नुअघि नै यो समास्या समाधान गरौं । जवाफमा मोदीले भने, ‘यो कुरा यसअघि पनि भएको हो, के कारणले भएन । अब संयुक्त मेकानिजम बनाएर गरौं ।’

ओलीले विश्वासको आधार कमजोर भएको सन्दर्भमा पुलिस एकेडेमीको कुरा पनि उठाएका छन् । भारतले बनाउने भनेको पुलिस एकेडेमी नबनेकोमा उनले यतिमात्र भने, ‘कुरा पुलिस एकेडेमीको होइन, विश्वासको हो । समयलाई पनि सम्बन्धको बाधक बन्न दिनु हुँदैन । सानासाना कुरा पनि पूरा नहुँदा विश्वासको वातावरण बन्दैन ।’

मोदी र गृहमन्त्री राजनाथ सिंह दुवैले नेपालको चासो यसपटक विश्वासको आधार बनाउने र त्यो नबनी नयाँ सम्झौता थपेर पेन्डिङको चाङ लगाउनेतर्फ नदेखेपछि मोदीले आफ्ना मेकानिजमहरुलाई यी सबै विषयमा तत्काल परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले सबका साथ, सबका विकास भन्ने आफ्नो मन्त्र र सम्बृद्ध नेपाली सुखी नेपाल भन्ने ओलीको मन्त्र अब एक अर्काका परिपूरक हुने घोषणा गरेका छन् । सहभागीहरुका अनुसार उनले प्रधानमन्त्रीस्तरीय संयुक्त बैठकमा भनेका छन्, ‘ओलीजीको सम्बृद्धि र विकासको बोल्ड भिजनबाट म प्रभावित भएँ । अब नयाँ ढंगबाट सहकार्य गरौं । कमिमजोरी र ढिलासुस्ती हटाउँदै अघि बढ्न म तयार छु ।’

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र