एमाले माओवादी एकता आजै, सबै विवाद मिलिसकेको दावी



एमाले–माओवादीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकताको औपचारिक मिति घोषणा र एकता तयारी समिति बनाउने तयारी गरेका छन्। संयोजन समितिको बैठक आज बस्दैछ ।  कम्युनिस्ट पार्टी स्थापनाको ६९ औं वर्षगाँठको अवसर पारेर ९ वैशाखमा यी दुई पार्टीले एकता गर्ने अनौपचारिक समझदारी गरिसकेका छन्।

आज बस्ने बैठकले दुई पार्टीबीच नमिलेका विषय मिलाउने र एकता घोषणाको मिति र तयारी समिति बनाउने तयारी भएको माओवादी नेता सापकोटाको भनाइ छ। अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको चुनाव चिह्न, पार्टी संगठनमा प्रतिनिधित्वको संख्यालगायत विषय मात्र टुंगो लगाएको छैन।

बिहीबार बस्ने संयोजन समिति बैठकमा यो विषयमा छलफल हुने र निष्कर्षमा पुगिने एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।  एकीकृत पार्टीको अन्तरिम विधान तथा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई कार्यदलले पनि मंगलबार आफ्ना प्रतिवेदन बुझाउँदै ९ वैशाखमा पार्टी एकताको मिति प्रस्ताव गरेका थिए। कार्यदलले दिएको प्रतिवेदन अध्ययन गरी एकताको थप तयारी र नमिलेका विषय मिलाउन एकता संयोजन समितिको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

संयोजन समिति बैठक बस्नु अघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। ‘सकभर दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता निष्कर्षमा पुर्‍याउन एकता संयोजन समितिबाट निर्णय लिने विषयमा दुई नेताबीच निरन्तर सम्वाद र छलफल हुँदै आएको छ’, माओवादी नेता अग्नि सापकोटाले भने, ‘उहाँहरू (ओली–दाहाल) बीच घनीभूत छलफल चलिरहेकै छ, बुधबारको छलफल पनि त्यसैको निरन्तरता हो।’

प्रधानमन्त्री ओली शुक्रबार तीनदिने राजकीय भ्रमणमा भारत जाँदैछन्। त्यस अगाडि नै एकता घोषणा र घोषणासँग सम्बन्धित कार्यक्रम बनाएर जाने योजनामा प्रधानमन्त्री ओली छन्। माओवादी अध्यक्ष दाहालले पनि प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकताको मिति घोषणा र कार्यक्रम बनाउँदा सकारात्मक सन्देश जाने बताउँदै नकारात्मक कुरा गर्दै नगर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। दाहालले बुधबार पार्टी संसदीय दलको बैठकदेखि पार्टी्निकट मजदुर संगठनको बैठकमा समेत संयोजन समितिले पार्टी एकताको मिति घोषणा र एकता घोषणासभाको तयारी समितिसम्बन्धमा ब्रिफिङ गरेका थिए।

दुई पार्टीबीच एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले अंगीकार गर्दै आएको एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई छलफलमा लग्दै एकताको महाधिवेशनबाट निचोडमा पुर्‍याउने यसअघि नै लिखित समझदारी भइसकेको छ। ७ फागुनमा भएको सोही समझदारीका आधारमा यी दुई विषयलाई दुवै पार्टीले एकताको तगारो बनाएका छैनन्।

अन्तरिम विधान बनाउन गठित कार्यदलमा विवादमा रहेको ‘जनयुद्ध’ शब्द प्रस्तावनामा समेटनेरनसमेटने राजनीतिक समितिको प्रतिवेदनले निरूपण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र