गृहमन्त्रीले हाने डण्डा यी नेताले काममा लगाएका ५६ पिएसओ र नेताका ‘प्रहरी सवारी चालक’ खोसिए,अझै को-को संग छन्?



गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको (भिआइपी) सुरक्षाका लागि खटिने अनावश्यक प्रहरी र अर्दली फिर्ता गरेका छन्।

प्रहरीका अनुसार अहिलेसम्म ६३ सुरक्षाकर्मी फिर्ता गरिएको छ। फिर्ता हुनेहरुमा ५६ जना पिएसओ र सात सवारी चालक प्रहरी रहेका छन्। प्रहरी प्रवक्ता मनोज नेउपानेले अनावश्यक रूपमा नेता कहाँ रहेका प्रहरीका गाडी चालक फिर्ता हुने क्रममा रहेको बताए। उनले भने ‘पूर्वमन्त्री र नेताहरूले लिएका चालकलाई फिर्ता बोलाएका छौँ।’

पूर्वमन्त्री, सचिवलाई दिँदै आइएको सवारी चालक र सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।

प्रहरी स्रोतका अनुसार कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी लगायत नेता तथा पूर्वसचिवका चालक फिर्ता गरिएको हो।

गृह मन्त्रालयसँग कति सुरक्षाकर्मी र अर्दली भिआइपीको लागि खटाइएको रेकर्ड छैन। लिखित स्वीकृति नलिइ भिआइपीका सुरक्षामा पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटिने भएकाले गृह मन्त्रालयसँग को कहाँ कसका लागि खटिएको यकिन विवरण छैन।

वर्षौँदेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री र सरकारी कर्मचारीले आफू अनुकूलका पिएसओ माग गर्ने चलन छ। जसको लिखित रेकर्ड राख्ने गरिएको छैन।

मौखिक आधारमा नै पिएसओ राख्ने गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सह-सचिव रामकृष्ण सुवेदीले स्वीकारे। सह-सचिव सुवेदीले भने, ‘धेरैजसो भिआइपीको सुरक्षामा खटिने पिएसओ तथा अर्दलीको कुनै लिखित अनुमति लिएको देखिँदैन। मौखिक आधारमा नै पिएसओ खटाइएको पाइएको छ।’

भिआइपीको सुरक्षामा खटिएका पिएसओ र अर्दली केही समयका लागि तोकिए पनि वर्षौँसम्म फर्किँदैनन्।
भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रूपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।

नेतादेखि कर्मचारीका गाडी चालक समेत सुरक्षाकर्मी रहेका छन्। पूर्वराष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा प्रहरी कर्मचारी छन्। पूर्वसांसददेखि, केन्द्रमा दखल राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी कर्मचारी छन्।

गृहमन्त्री थापाले सोमबार सार्वजनिक ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको छ।

पूर्वमन्त्री, प्रहरी र कर्मचारीको घरमा खटिएका अर्दलीलाई फिर्ता बोलाउने तयारीमा गृह मन्त्रालय छ।
सुरक्षाकर्मीलाई अर्दलीको रूपमा खटाएर दुरुपयोग गर्ने क्रम बढेकाले फिर्ता बोलाउने तयारी भइरहेको सह-सचिव सुवेदीले बताए। ‘कति र को-को व्यक्तिलाई अर्दली दिइएको रहेछ भन्ने रेकर्ड खोज्दै छौँ,’ सुवेदीले भने।

यो पनि पढ्नुहोस्
उच्च ओहोदामा रहेका नेताहरुदेखि कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको भेटिएको छ। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्।

राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्र होइन पूर्वसांसददेखि उच्च ओहोदाका सरकारी कर्मचारीले पनि प्रहरीलाई नै सवारी चालक बनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ४ जना प्रहरी चालकको रुपमा खटिएका छन्। राष्ट्रपति भण्डारीको लागि प्रहरी सहायक निरीक्षक कमला श्रेष्ठ, केशकुमार महतो, प्रहरी हवल्दार चेतनकुमार पुलामी लगायत चालक छन्।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी चालकका रुपमा पाँच जना प्रहरी परिचालित छन्। प्रहरी सहायक निरीक्षक होमबहादुर दुरा, नुरबहादुर भुजेल, प्रदीप कार्की, यज्ञबहादुर थापा र प्रहरी हवल्दार भुलन यादव उपराष्ट्रपतिका चालक रहेका छन्। प्रसनि कार्कीलाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट लगिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको सवारी चलाउनका लागि सात जना प्रहरी खटिएका छन् जसमा चार जना प्रहरी नायब निरीक्षक र तीन जना प्रहरी हवल्दार रहेका छन्। चालकमा प्रहरी नायव निरिक्षक भीमप्रसाद धिताल, चेतनविक्रम कार्की, ऋषिराम सापकोटा र नारायण थापा छन्। त्यस्तै चालकमा प्रहरी हवल्दार हिरणबहादुर बस्नेत, नवीनध्वज आचार्य र महेन्द्र सिंह भण्डारी रहेका छन्।

नेकपा एमाले अध्यक्ष केपी ओलीका लागि दुईजना प्रहरी चालक प्रहरी प्रधान कार्यालयले व्यवस्था गरेको छ। अध्यक्ष ओलीको प्रहरी चालक दलमा प्रहरी हवल्दार अर्जुनकुमार काफ्ले र रामबहादुर थामी रहेका छन्। थामीको प्रहरी प्रधान कार्यालय सवारी शाखा र काफ्ले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी रहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि प्रहरी सवारी चालक नै व्यवस्था गरिएको छ। अध्यक्ष दाहाललाई दुई प्रहरी हवल्दार र एक प्रहरी जवान दिइएको छ। प्रहरी हवल्दार नेत्रबहादुर तामाङ, धनबहादुर कार्की र हीरासिंह बलायर रहेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि सरकारले तीन जना प्रहरी सवारी चालकको व्यवस्था गरेको छ। प्रहरी हवल्दार सूर्यबहादुर थापा, हरिहर जमकट्टेल र प्रहरी जवान हरिकुमार गुरुङ भट्टराईका लागि खटिएका हुन्।

पूर्वसभामुख, पूर्वन्यायाधीश, प्रधान न्यायाधीश गोपाल पराजुलीदेखि मन्त्री तथा राज्यमन्त्रीहरु सबैले समेत प्रहरी चालक प्रहरी राखेका छन्।

पूर्वमन्त्रीहरु गगन थापा, रमेश लेखक, राम कार्की, शक्तिबहादुर बस्नेत, शंकर भण्डारी, ईश्वर पोखरेल, भीम रावल, खुमबहादुर खड्का, दीपक गिरी, अर्जुननरसिंह केसी लगायतका पूर्वमन्त्रीहरुलाई एक-एक जना प्रहरी जवान सवारी चालकको व्यवस्था गरिएको छ।

त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, कांग्रेस नेता रामहरि खतिवडा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पनि प्रहरी सवारी चालक लिएका छन्। नेपाल प्रहरीका एक अधिकृतले राजनीतिक दबाबमा प्रहरी चालक उपलव्ध गराउनु परेको बताउँछन्।

गृहमा कार्यरत १२ अधिकृतहरुको लागि पनि प्रहरी चालक नै व्यवस्था गरिएको छ। गृह मन्त्रालयमा तीन प्रहरी सहायक निरीक्षक र बाँकी प्रहरी हवल्दार चालकको रुपमा खटिएका छन्।

पूर्व डिआइजी हेमन्तमल्ल ठकुरी यसरी प्रहरीलाई सवारी चालकको रुपमा प्रयोग गर्नु प्रहरीको शोषण र दुरुपयोग भएको बताउँछन्। मल्ल भन्छन्, ‘नेपाल प्रहरीले भिआइपीलाई सवारी चालक उपलव्ध गराउनु पर्छ भन्ने कुनै नियम र प्रावधान छैन। तर निजामति कर्मचारी भन्दा प्रहरी वफादार हुने भएकाले प्रयोग हुने गरेका छन्।’

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र