लालबाबुले कर्मचारीलाई थाङ्ने भने पछी कर्मचारीले भने हो मन्त्री ज्यू म थाङ्ने नै हो !



हाम्रो इकोनोमि

-सराेज कटुवाल
हाे माननीय मन्त्री ज्यु
म थाङ्ने नै हाे याे राज्यले
मलाई दिएकै के छ र
सुकिलाेमुकिलाे हुनेगरी
न कार, न बङ्गला
न अाैषधी, न उपचार मेरै राज्य कमजाेर छ भनेर
सस्तै जिन्दगीमा
म चुपचाप चुपचाप
गधा जस्ताे बाेकिरहे
पिर र ब्यथाका पहाडहरू हिजाे चप्पल पड्काउने
तपाईंका सहयात्रीहरू पाे छन्
सुकिलामुकिला
बिदेशी भुमिमा जुत्ता चाट्नेहरू
छन् सुकिलामुकिला डलरमा धर्म र देश बेच्नेहरू
छन् सुकिलामुकिला
देशलाई चुस्ने जुका किर्नाहरू
देशलाई बलात्कार गर्नेहरू
अपहरणमा चन्दा फिराैती लुटपाट गर्नेहरू
लागुअाैषध काराेबारीहरू
छन् सुकिलामुकिला
हत्यारालाई जुस खुवाउनेहरू
चाेरलाई फुलमाला लाईदिनेहरू डाँकुहरूलाई संसद भवन छिराउनेहरू
छन् सुकिलामुकिला
न चाकरी गर्न जाने
न जधाै नमस्कार
न घुस लिन जाने न भ्रष्टाचार
याेग्यता प्रणालिकाे
सबैभन्दा याेग्य मान्छे म
चना र फुकाे चिउरा
थुकले भिजाउदै निल्दा श्रीमती सुत्केरी हुँदा
भन्साकाे चिसाे चुल्हाे
बच्चालाई संसारकै
सबभन्दा सस्ताे स्कुल
चहार्दै हिड्नुकाे पीडा सरकारकाे सेवामा
फुलेकाे कपालमा
रङ्ग लाउने खर्च समेत
सम्बाेधन गर्न नसक्ने
याे राज्यको तलबले दुई छाक टर्दैन महाेदय
म कसरी बँनु
सुकिलाेमुकिलाे !
ठिकै भन्नुभाे , म थाङ्ने नै हुँ ।
यस राज्यले बैधानिक रूपमा बनाईएकाे थाङ्ने ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...