यी हुन् देउवालाई सराप्दै भुत्भुतीने कांग्रेसीहरु,रामचन्द्र पौडेल देखी बद्रि पाण्डे समेतले यसरी सरापे



निर्वाचनमा अप्रत्यासित हार बेहोरेको नेपाली काँग्रेसमा निर्वाचन पराजयको नैतिक जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै नेताहरूले दबाब बढाइरहेका छन् ।
निर्वाचनपश्चात पाचौं पटकको बैठकमा औपचारिक रूपमा निर्वाचन समीक्षा सुरु भएको छ ।
फागुन १४ मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिखित रूपमा देउवामाथि आरोप लगाउन सुरु गरेपछि त्यसको शृङ्खला पछिल्लो केन्द्रीय समितिको वैठकमा थप बढेको छ । एक सातादेखि जारी बैठकमा लिखित तथा अलिखित रूपमा नेताहरूले देउवामाथिको प्रहारलाई तीव्रता दिएका छन् ।
केन्द्रीय समितिमा हालसम्म बोल्ने अधिकांश सदस्यहरूले नेतृत्वको कार्यशैली र कार्यक्षमतामा प्रश्न गरिरहेका छन् ।

-रामचन्द्र पौडेल (फागुन १४ मा पत्र मार्फत)
दलको बैठकहरू नियमित रूपमा डाकिएको छैन । सभापतिको पार्टी सञ्चालन प्रक्रिया पार्टी संस्थागत भएको छैन । महाधिवेशन सकिएको दुई महिनामा पूर्णता पाउनुपर्ने विभागहरूले दुई वर्ष पुगिसक्दा पनि पूर्णता पाएका छैनन् । तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउने गरेका देउवालले दल सञ्चालनलाई सुझबुझपूर्ण गरिएको छैन ।
संविधान संशोधन, प्रहरी महानिरिक्षक नियुुक्ति, राजदूत सिफारिसलगायत सरकारका कामकारवाही र प्रभावकारिता सभापतिबाट गलत विधि अपनाइएको थियो । काँग्रेस कोटाबाट राजदूतमा सिफारिस गर्दा आर्थिक चलखेलको आधारमा रोजियो ।
जम्बो मन्त्री मण्डलले वितृष्णा फैलिएको थियो । मधेसी दलहरूसँगको गठवन्धनको औचित्य पुष्टि गर्न सक्नुभएन । मूल्याङ्कनबाट चलेको भए वा गुट मासेको भए काँग्रेसको हाईहाई देउवामाथि हुने थियो । सातमध्ये एउटै प्रदेशमा पनि काँग्रेसको खुट्टा राख्ने ठाउँ छैन ।

–प्रकाशमान सिंह
सभापतिजीले नेपाली काँग्रेसको विधानलाई पूरै बेवास्ता गरेर अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गर्नुभएको छ । हाम्रा नेता वा पार्टी सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्र–राजनीतिक महत्वकाङ्क्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनुपरेको यथार्थ हाम्रासामु छर्लङ्ग छ ।

–कृष्णप्रसाद सिटौला
काँग्रेसको घोषित सिद्धान्त र व्यवहारमा ठूलो अन्तर छ । नेपाली काँग्रेसको हार नेतृत्वको रणनीतिक असफलता हो । गुटका कारण दललाई कब्जा गर्न सक्नु होला तर वामपन्थीबाट मुलुकलाई फुत्काउन सक्नुहुन्न । वर्तमानमा नेपाली काँग्रेस नेतृत्वविहीन भएको छ ।

शेखर कोइराला
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको समयमा पनि गुट थिए । उहाँले गुटको भए पनि नेपाली काँग्रेसको व्यक्तिलाई अवसर दिने गर्नुहुन्थ्यो । तर, तपार्इंले काँग्रेस नभएकालाई पनि अवसर दिनुभयो ।
डा. रामशरण महत
टिकट वितरणमा भएको अनियमितताको छानविन हुनुपर्छ । दलको सञ्चालनका कार्यशैली पारदर्शी भएन । अलोकप्रिय निर्णयहरू देउवा सरकारमा छँदा भएका थिए । अलोकप्रिय निर्णय तथा हारको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ ।

डा. मिनेन्द्र रिजाल
दुई वर्षअघि गठन गर्नुपर्ने विभागहरू गठन भएका छैनन् । महाधिवेशनलगत्तै पूर्ति हुनुपर्ने पदाधिकारीलाई अब गठन गर्नु विधानसम्मत हुँदैन । माओवादी केन्द्रलाई सँगै राख्न सकेको भए नेपाली काँग्रेस पहिलो दल बन्ने थियो । काँग्रेसका लागि आएका अवसर नेतृत्वले गुमाएकाले नेतृत्वले नै जिम्मेवार लिनुपर्छ ।

– नारायण खड्का
गुटको सुरुवात सभापतिबाट भएको छ । गुट उपगुटका कारण दल पराजित भएको हो । गुटको अन्त्य पार्टी सभापतिबाट सुरु हुनुपर्छ ।

–नविन्द्रराज जोशी
सभापतिले विधानविपरीत गठन गरेका कार्यसम्पादन र संसदीय समिति तत्काल भङ्ग हुनुपर्छ । अर्को पार्टीका नेताहरूसँग मिल्न सक्ने सभापतिले आफ्नो दलको दुर्गतिलाई भने व्यवस्थनपन गर्न सक्नुभएन । दलमा रहेको बेमेल नै पराजित हुनुका कारण हो । पराजयको जिम्मेवारी पनि सभापतिले लिनुपर्छ ।

–दिलेन्द्र वडु
सभापतिको पहल कदमीमा बनाएको लोकतान्त्रिक मोर्चा प्रभावहीन भयो । मोर्चा प्रभावहीन भएको जिम्मेवारी सभापतिको थाप्लोमा बढी पर्छ ।

–कल्याण गुरुङ
विधान विपरीतका कार्यहरू भए । टिकटका लागि सिफारिस नभएकालाई टिकट वितरण गरियो । समानुपातिकमा सांसद भइसकेका नेतालाई पुनः उम्मेदवार बनाइयो । नेतृत्वबाट एकपछि अर्को गल्ती हुँदै आएको छ ।

–नरहरि आचार्य
बदलिँदो समयमा पुरानो ढर्राले पार्टी चल्दैन । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरू पूरा भएका छैनन् ।

गुरुराज घिमिरे
सभापतिले पार्टी कार्यालयमा आएर काँग्रेस सञ्चालन भएको छैन । नेतृत्वमा दलको पुनर्ताजगीका लागि आत्मबोध भएकै छैन । सभापतिले विधानलाई आफूखुसी प्रयोग गर्नुभएको छ ।

गोविन्द भट्टराई
देउवाको समयमा पहाड, तराई हिमाल सबै क्षेत्रमा नेपाली काँग्रेस पत्तासाफ भएको छ । निर्वाचन प्रणाली मिश्रित अवलम्बन गरिसकेपछि कुनै दलको पनि बहुमत नआउने निश्चित थियो । बहुमत कसैको नआउने भएपछि माओवादी केन्द्रलाई सहकार्यमा लिन सक्नुपथ्र्यो । स्थानीयमा कार्यगत एकता गर्नसक्ने सभापतिले अन्य निर्वाचनका लागि किन गर्न सक्नुभएन ?

धनराज गुरुङ
निर्वाचनको समयमा टिकट बिक्री भागवण्डा भएको सुनिएकै हो । तर टिकटलाई लिलामीमा पनि राखिएको रहेछ । टिकट वितरणमा भएको अनिमियतताको नेतृत्वले जिम्मेवारी लिनुपर्छ । माओवादी केन्द्रलाई डोलीमा बोकेर हिँडिरहेको काँग्रेसले बीच बाटोमै काँग्रेसलाई छोडिदिँदा किन नेतृत्वले भेउ पाएन ?

बद्रि पाण्डे
काँग्रेस नेतृत्वले सरकारमा हुँदा अलोकप्रिय निर्णय गरेको थियो । राम्रा कामको जस लिन सकेन भने नाकाबन्दीलाई नाकाबन्दी भन्न पनि सकेन ।

काँग्रेस केन्द्रीय समितिको जारी वैठकमा बोल्ने अधिकांश सदस्यहरूले नेतृत्वको आलोचनामा समय खर्चेका छन् । देउवाको बचाउमा केही सदस्यहरूले आफ्ना धारणा राखेका छन् । देउवाको पक्षमा नेता रमेश लेखक, डिला सङ्ग्रौला र लक्ष्मी परियारले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र