सरकारको काम समीक्षा गर्दै कांग्रेस-एमाले



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रमा सरकारको काम कारबाहीको समीक्षा गरिरहेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार दुई दलीय संयन्त्रको बैठक नियमितजसो बसिरहेको छ । ‘सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमै छलफल चलिरहेको छ । कामको समीक्षा गर्ने र थप प्रभावकारी बनाउन विभिन्न इस्युमा छलफल भइराखेका छन्’, खड्काले  भने ।

गत कातिक १५ गते कांग्रेस र एमालेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त संयन्त्र गठन गरेका थिए । दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार/चार जना सदस्य छन् । संयन्त्रमा कांग्रेसकातर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।

संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एक/एक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...