सरकारको काम समीक्षा गर्दै कांग्रेस-एमाले



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रमा सरकारको काम कारबाहीको समीक्षा गरिरहेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार दुई दलीय संयन्त्रको बैठक नियमितजसो बसिरहेको छ । ‘सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमै छलफल चलिरहेको छ । कामको समीक्षा गर्ने र थप प्रभावकारी बनाउन विभिन्न इस्युमा छलफल भइराखेका छन्’, खड्काले  भने ।

गत कातिक १५ गते कांग्रेस र एमालेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त संयन्त्र गठन गरेका थिए । दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार/चार जना सदस्य छन् । संयन्त्रमा कांग्रेसकातर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।

संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एक/एक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...