भीम उपाध्यायले आफ्नो चरित्रहत्या गर्न खोजेको लेखराज भट्टको आरोप



 

 

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले पूर्वसचिव भीम उपाध्यायले नशा सेवन गरेर आफ्नो चरित्रहत्या गर्न एमाले छाडेको अफवाह फैलाएको आरोप लगाएका छन् । मेलम्ची आयोजनाको भ्रष्टाचारका आरोपी पूर्वसचिव उपाध्यायले मंगलबार फेसबुकमा भट्टको फोटो राखेर उनले एमाले छाडेर माओवादीमा फर्किन लागेको भ्रामक पोष्ट गरेका थिए । लगत्तै भट्टले त्यसको खण्डन गरेका थिए । पूर्वसचिव उपाध्यायको भ्रामक पोष्टलाई माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा अझै पनि दौडाइरहेका बेला एमाले सचिव भट्टले भीम उपाध्यायले नशा उत्रिएपछि माफी मागेर सो स्टाटस हटाएको बताए ।

भट्टले भने, ‘कैयौं मान्छेहरु देख्नमा बौद्धिक लाग्छन्, तर उनीहरुमध्ये कैयौं मान्छेले गाँजा खाएर कमेन्ट गरेको देख्छु । नशा गरेर स्टाटस लेख्छन् कि जस्तो पनि मलाई लाग्छ । भीम उपाध्यायकै कुरा गर्ने हो भने उहाँको विवेक के हो, बौद्धिकता के हो भन्ने यहीबाट प्रस्ट हुन्छ नि ! म मन्त्री भइसकेको चिनजानकै मान्छे, एमालेको केन्द्रीय सचिव पनि हुँ । यसो फोन गरे हुन्न ? उहाँहरुले समाजलाई कहाँ लैजान खोज्दै हुनुहुन्छ । पछि साँझ फेरि नशा उत्रियो कि उहाँले सच्याउनुभयो, तर पनि यसमा माओवादीको षड्यन्त्र पनि छ । सचिव भट्टले तत्कालीन नेकपा एकताको शर्त प्रचण्डले पालना नगरेका कारण आफूले प्रचण्डसँगको २०३७ सालदेखिको सहकार्य तोडेर केपी ओलीलाई साथ दिएको बताए, उनले अब एमालेमा कुनै पूर्व समूह नरहेको भन्दै एमाले छाड्ने कुरा कल्पना पनि नगरेको प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई