चितुवाको छालासहित एक पक्राउ



हाम्रो इकोनोमि

दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घरभई हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, आठ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो । कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन लागिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताउनुभयो ।

कब्जा गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च लम्बाइको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...