पागल र रोगी छु भन्ने प्रमाणपत्र पेश गरे मात्र अवकास दिने भन्दै लालबाबु पण्डितले कर्मचारीको लिए फेरी सातो



सरकारलाई अहिले कर्मचारी संमायोजन कठिन भएको छ । समायोजनको प्रकृया थालनी गर्नै कम्तीमा ६ महिना लाग्ने बताइएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरकारले तोकेको स्थानमा जानैपर्छ भनेका छन् । उहाँले कर्मचारी समायोजन गर्ने हो, अवकास दिँदैन भन्नुभयो । यसअघिको देउवा सरकारले कर्मचारीका लागि स्वैच्छिक अवकासको प्याकेज ल्याएको थियो । जसअनुसार ९ हजारभन्दा बढी कर्मचारीले स्वैच्छिक अवकास रोजेका थिए । अब ती कर्मचारीलाई सरकारले के गर्छ ? स्थानीय तहमा पठाउँछ वा अवकास दिन्छ भन्ने विषयमा हामीले मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग कुरा गरेका छौँ ।

० तपाईंमाथि कर्मचारी खनिए नि ?
– मलाई त्यस्तो खनिएको थाहा छैन, देश बनाउने कुरा, सेवा प्रवाह गर्नुपर्ने कुरामा राष्ट्र सेवकको मूल जिम्मेवारी र दायित्व हो । कर्मचारीले जिम्मेवारी र दायित्वबाट पन्छिन मिल्दैन ।

० के गल्ती गर्दिनुभो, तपाईंसँग कर्मचारी रिसाए ?
– राष्ट्र सेवकले सेवा गर्नुपर्छ, सरकारले पठाएको ठाउँमा, तोकिएको काम र जिम्मेवारी पूरा गर्नुपर्छ । नगर्नेहरु रिसाउनु स्वभाविक हो । सेवा नगरिकन, मेवा पाइँदैन । त्यसकारण राष्ट्रलाई समृद्ध बनाउनका निम्ति सबै राष्ट्रसेवक राष्ट्रप्रति समर्पित हुनैपर्छ । निजी स्वार्थमा अल्झिन पाइँदैन, राष्ट्रको स्वार्थ शिरोधार्य गर्नुबाहेक विकल्प छैन ।

० मन्त्रीले हुकुमीशैलीमा चल्न मिल्छ ?
– सरकारको निर्णय मान्दिनँ भनेर निजामति सरकारी राष्ट्रसेवक हुनसक्छन् ? निर्णय मान्नुपर्छ, खटाइएको ठाउँमा तोकिएको सेवा दिनुपर्छ । त्योभन्दा बढी मैले केही भनेकै छैन ।

० देउवा सरकारले ल्याएको स्वैच्छिक अवकासमा ओली सरकार जान्छ ?
– सबै आवेदनकर्ताले स्वैच्छिक अवकासमा जान पाउँदैनन, सीमित केही राष्ट्र सेवकहरु जान्छन् ।

० अवकासमा जान पाउने र नपाउनेको वर्गीकरण गर्नुहुन्छ ?
– शारीरिक रुपमा अशक्त र मानसिक रुपमा पनि अशक्तले मात्र अवकासमा जान पाउँछन् । यो चिकित्सकले प्रमाणित गरेको हकमा उहाँहरुलाई हामी स्वैच्छिक अवकासमा पठाउँछौं । बाँकी राष्ट्र सेवकलाई हामी जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएका छौं ।

० अहिले काम गरिरहेका कर्मचारीलाई मानसिक अशक्त भन्न पाइन्छ ?
– काम गर्दागर्दै व्यक्तिगत रुपमा कोही मानसिक रुपमा अशक्त हुन्छन् । त्यो कुरा मैले भन्ने होइन, डाक्टरले प्रमाणित गर्ने हो । त्योबाहेक हामी सबैलाई जिम्मेवारी दिन्छौं । सबै राष्ट्रसेवक मानसिक अशक्त छन् मैले भनेकै होइन । यदि चिकित्सकले फलाना स्वैच्छिक अवकाशमा जान चाहन्छन्, उसको शारीरिक र मानसिक अवस्था काम गर्न सक्ने छैन भन्नुपर्छ ।

० मानसिक रुपमा काम गर्न इच्छा छैन भने स्वच्छिक अवकास ?
– होइन, आफूले भनेर होइन चिकित्सकले प्रमाणित गर्नुपर्छ ।

० भनेको अवकास रोज्नु भन्दा पहिले डाक्टरलाई जचाउनु पर्‍यो ?
–पहिले डाक्टरलाई देखाउनु पर्‍यो । डाक्टरले उहाँ मानसिक रुपमा काम गर्न सक्ने अवस्थामा हुनुहुन्न भनेर सिफारिस गर्नु पर्‍यो ।

० त्यस्ता पनि कर्मचारी छन् ?
– केही सूचना आएको छ, महिना दिनमा एक दिन हाजिर गर्छन, औषधि सेवन गरिरहेका छन्, स्वास्थ्यका कारणले काम गर्न सकिरहेका छैनन् । हो, त्यस्ता राष्ट्रसेवकलाई हामी विदा गछौं । बाँकीलाई हामी कामको जिम्मेवारी दिएर पठाएका छौं । पठाउँछौं पनि । काम गर्ने हैसियत भएकाले काम दिने, हैसियत नभएकालाई विदा दिने हो । यो स्वभाविक प्रकृया हो ।

० अब, तपाईहरुलाई कर्मचारी समायोजन अप्ठ्यारो भयो ?
– कुनै अप्ठ्यारो हुँदैन, सरकारले खटाएको ठाउँमा जान्न भन्न पाइँदैन, किनभने सेवामा प्रवेश गर्दादेखि नै र निजामति सेवा ऐनमा सरकारले चाहेको खण्डमा जुनसुकै ठाउँमा, जुनसुकै समयमा खटाउन सक्ने भन्ने छ । यो कुरा उहाँहरुले बुझेर प्रवेश गर्नुभएको छ । बरु कतिपय राष्ट्रसेवकले त्यो कुरा बिर्सिसकेको स्थिति हो । अहिले दैनिक सम्झाउनुपर्ने स्थिति भएको छ । कि राष्ट्रको सेवामा समर्पित भएर म आफुले पाएको जिम्मेवारी अनुसार तोकिएको ठाउँमा जान्छु र, जनताको सेवामा निष्पक्ष भावनाले खटिन्छौ भन्ने कुरा पुःन सम्झाउनु पर्ने स्थिति छ । त्यसैले खटाएको ठाउँमा जान्न भन्न पाइँदैन । राष्ट्रसेवकलाई सरकारले आफ्नो क्षमता अनुसार, समय अनुकुल सेवा सुविधा दिने कुरा हो । यो सुविधा नपाए म जान्न भन्ने हो भने, त्यो अधिकार होइन । त्यो अधिकार ट्रेड युनियनको पनि हुँदैन ।

० सरकारले विभेदरहित ढंगले कर्मचारी परीचालन गर्नु पर्ने होइन ?
–त्यो गरिएको छ र अब बहानाबाजीको कुनै अर्थ छैन । कतिपय सन्दर्भमा त्यो बहानाको कुनै अर्थ छैन । काम नगरी बहाना गरिन्छ भने स्वीकार्य छैन । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र काम नगर्ने तथा गलत काम गर्नेलाई दण्डीत गर्छौँ ।

० कतिपयले कर्मचारी समायोजनमै सरकारको कुशलता मापन हुन्छ भनेका छन् । अब, सरकारले विभेदरहित ढंगले काम गरेको हेर्न पाइन्छ ?
–सरकार ऐन, नियम र देशको संविधान सबै व्यवस्था अवलम्बन गरेर अगाडि बढ्छ । तर, म कुनै कुरा मान्दिन भनेर भन्ने हो भने त्यो मान्दिन भन्ने स्वतन्त्रता कसैलाई छैन ।

०असयोग गर्नेवित्तिकै कारबाही हुन्छ, उसो भए ?  
–हुन्छ । खटाएको टाउँमा नजाने र जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुन्छ । जिम्मेवारी पूरा गर्ने नाउमा पनि गलत ढंगले गरेको छ भने दण्डित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
मीनबहादुरलाई धन्यवाद भनौं, दानको जग्गा फिर्ता गरौं : एमाले नेता

    व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा

भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए

  तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस