राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित,१८ सांसदले भोट हालेनन्,८ सांसदले भोट हाल्न जानेनन्



राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।

मंगलबार विहान १० देखि अपरान्ह ३ बजेसम्म भएको मतदानपछिको गणनामा भण्डारीले ३९ हजार २ सय ४५ मत पाइन्। भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र दुबै राप्रपा लगायतका दलले मतदान गरेका थिए।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभा, ५९ सदस्यीय राष्ट्रिय सभा र ५ सय ५० सदस्यीय प्रदेश सभा सदस्यहरु यो निर्वाचनका मतदाता रहेपनि प्रतिनिधि सभाका १, राष्ट्रिय सभाका ३ र प्रदेश सभाका १ सदस्यको नाम मतदाता सूचीमा थिएन।

आजको मतदानमा प्रदेश सभाका ९ जना सदस्यहरु अनुपस्थित रहे। निर्वाचनका लागि संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सदस्यको मतभार ७९ तोकिएको थियो भने प्रदेश सभाका सदस्यहरुको मतभार ४८ थियो।

मतभारको यो हिसाव अनुसार संघीय संसदको २६ हजार ३ सय ८६ र प्रदेश सभाको २६ हजार ४ सय गरी ५२ हजार ७ सय ८२ मतभार थियो। निर्वाचित हुन ५० प्रतिसत मत पाउनु पर्ने हुँदा राष्ट्रपतिमा निर्वाचित हुनेले २६ हजार ४ सय मत प्राप्त गर्नुपर्ने थियो।

मतदानमा अनुपस्थित संघीय संसदका सदस्यहरु
रेशम चौधरी
बाबुराम भट्टराई
प्रेम सुवाल
जितेन्द्रनारायण देव
रमेशप्रसाद यादव

मतदानमा अनुपस्थित प्रदेशसभाका सांसदहरु
कृष्णबहादुर चौधरी
धनमाया लामा
प्रल्लाद गिरी
प्रेमबहादुर तामाङ
विराजभक्त श्रेष्ठ
मनिश सुमन
रमेश पौडेल
राजेश्वर साह
दिन पन्त
शोभा शाक्य
सुरेन्द्र गोसाइ
हरिशरण आचार्य
हिमबहादुर शाही

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।