जेल बस्दाका सहयात्रीलाई यसरी बोके केपीले,ओलीको अडान संग माधब नेपालले पेल्न सकेनन् पापड



एमालेभित्रको रस्साकस्सीपछि अन्तिम समयमा गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षको निर्विरोध उम्मेदवार बनेका छन्।

राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउन सोमबार बिहान १० देखि १ बजेसम्म समय तोके पनि १२ बजेसम्म एमाले नेताहरु पर्शुराम मेघी गुरुङ कि तिमिल्सिना मध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा बालुवाटारमा चर्काचर्की गर्दै थिए।

चुनावमा टिकट वितरणदेखि सरकार गठनसम्म पार्टीभित्र आफू निकटका लागि पद दिलाउँदै आएका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अन्तिम समयमा माधव नेपाल पक्षका गुरुङलाई पन्छाउँदै तिमिल्सिनालाई नै टिकट दिलाउन सफल भए।

आफूसँगै जेल बसेका र आफ्नै गुटका भएकाले ओलीले तिमिल्सिनालाई टिकट दिलाइ छाडे। तिमिल्सिनाभन्दा पार्टीमा सिनियर र २०४८ सालमै सांसद बनेका गुरुङलाई समेत पछि पार्दै राष्ट्रियसभाको अध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने गणेश तिमिल्सिना को हुन् त ?

यस्तो छ उनको जीवन यात्रा।

गणेश तिमिल्सिनाको जन्म २०१८ जेठ १२ गते पर्वतको मोदीगाउँपालिका–७ मा भएको हो। उनले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरेर पोखराको पृथ्वीनारायण क्यासम्पसबाट उच्च शिक्षासँगै अखिलमा आबद्ध भएर राजनीति सुरु गरेका थिए। २०३६ सालमा विद्यार्थी आन्दोलनबाटै उन राजनीतिमा सक्रिय भएका हन्।

२०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव भए भने २०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता लिएका थिए। २०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निवाचित तिमिल्सिना २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र २०४२ सालमा अनेरास्वबियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य बन्न सफल भए।

पञ्चायतविरोधी आन्दोलमा सहभागी भएको भन्दै २०४२ साल साउनमादेखि उनी चार वर्ष जेल परेका थिए । पक्राउपछि पोखरा जेलमा पुर्‍याइएका तिमिल्सिनालाई केपी ओलीले स्वागत गरेका थिए। उनी २०४२ साल साउनदेखि पुससम्म ओली र हितकाजी गुरुङसँग जेलमा सँगै बस्न पाएको क्षण मम्झिदा पुलकित हुन्छन्।

त्यसपछि उनलाई भैरहवा, तौलिहवा, बीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा सारियो। जेलबाट छुटेपछि पर्वत जिल्लाको नेतृत्व गर्दै फेरि आन्दोलनमा लागेका तिमिल्सिनाको टाउकाको मूल्य ५० हजार तोकियो।

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रींय सदस्य भए उनी। दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति बनेका उनी केन्द्रीय सदस्य बन्दा प्रधानमन्त्री ओली अध्यक्ष थिए।

२०४९ को स्थानीय निर्वाचनमा पर्वतको राम्जादेउराली गाविसको अध्यक्षमा निर्वाचित तिमिल्सिना २०५४ सालको स्थानिय निर्वाचनमा पनि राम्जा देउराली गाविसको अध्यक्षमा निर्वाचित भए। त्यही वर्ष जिल्ला विकास समिति पर्वतको सभापतिमा जिम्मेवारी पाए।

२०४७ सालमै उनी नेकपा माले मुस्ताङको सचिव, २०४८ मा बागलुङका सचिव र २०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौ महाधिबेशनबाट वैकल्पिक केन्द्रीय सदस्य भएर धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी पाए।

२०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। एमालेको काठमाडौँमा भएको नवौँ महाधिवेशनपछि पुनः केन्द्रीय सदस्य हुँदै अहिले उनी एमाले पोलिटब्युरो सदस्य छन्।

दोस्रो संविधान सभाको निर्वाचन २०७० मा पर्वत क्षेत्र नम्बर १ मा पराजित भएका उनी अहिले प्रदेश न ४ को सहसंयोजक छन्। प्रदेश नं ४ बाट खुलाबाट उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

सोमबार राष्ट्रियसभाको अध्यक्षका लागि तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध अध्यक्षमा निर्वाचित हुने भएका छन् उनी। यसको औपचारिक घोषणा बुधबार हुँदैछ।

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।