सेनाका मान्छे धमाधम बालिका बलात्कार काण्डमा लिप्त,यी हुन् नेपालमा पुरुष र विदेश पुगे पछी महिला हुने



हाम्रो इकोनोमि

दुई महिना नबित्दै फेरि अर्का सैनिक प्रहरी खोरमा पुगेका छन् निलम्बित मेजर प्रभवविक्रम शाहकै शैलीमा आठ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा । बागबजारस्थित भर्खरै अवकाशप्राप्त तीनतारे जर्नेल बलदेव राजमहतको घर रेखदेख गर्ने जिम्मेवारी पाएका हुद्दा ज्ञानबहादुर गुरुङको हो यसरी मति बिग्रिएको । श्रीमती र एक छोरी साथैमा रहेका नुवाकोटे गुरुङले सोही घरमा डेरा गरी बस्ने आठ वर्षे बालिकामाथि गिद्धेनजर लगाएका थिए । १२ गते शनिबार बालिकाको स्कुल बिदा, उनी दाउ हेरेर बसिरहेका थिए ।

अपराह्न तीन बजेतिर आमा धारामा पानी थाप्न गएको मौका छोपेर सुटुक्क कोठामा छिरे । बच्चीलाई मिठाई दिए, म्वाइँ खाँदै काखमा राखे र चलाउन थाले । सोही समय बालिकाकी आमा कोठामा प्रवेश गर्दै गर्दा हर्कत छरपष्ट भयो । होहल्ला गरिन्, पतिलाई कोठामा बोलाइन् । गुरुङ त्यहाँबाट भागिसकेका थिए । आँखैअगाडि नाबालिका छोरीको शरीर कुनै व्यक्तिले चलाइरहेको देख्यो भने अभिभावकको हालत कस्तो होला ? यो घटनाका कारण विक्षिप्त परिवार न्याय खोज्दै सिंहदरबार प्रहरी प्रभाग पुग्यो र उजुरी लेखायो । अस्ति १४ गते जबर्जस्ती करणी उद्योगअन्तर्गत हुद्दा सिंहनाथ गणसम्बद्ध ज्ञानबहादुर गुरुङविरुद्ध मुद्दा दर्ज भएको छ ।

ती बालिकाले यसअघि पनि पटक–पटक सताइने गरेको बयान दिएकी छन् । यद्यपि, ज्ञानबहादुरले यो तथ्य स्विकारेका छैनन् । सैनिक प्रहरीका अनुसार पोलिग्राफ रिपोर्ट आउन बाँकी छ । तीन दिनका लागि हिरासतमा राखिएकोमा ज्ञानबहादुरको म्याद १० दिन थपेर घटनाको अनुसन्धान हुँदै गरेको छ । सेनाका बर्दीधारी नै बालिका बलात्कार काण्डमा मुछिएको यो पहिलो घटना भने होइन । दुई महिनाअघि पुस १४ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना मेजर पक्राउ परिसकेका छन् । बागलुङको २३ नम्बर बाहिनीमा कार्यरत प्रभवविक्रम शाह यस्तै अवस्थामा बुद्धनगरस्थित आफन्तको घरमा भेटिएका थिए । यस्तै, गोरखा घ्याल्चोक–९ मा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका अर्का सैनिक महेन्द्र श्रेष्ठ पनि हिरासतमै छन् ।

विदेश पुगेर महिला बनेपछि…

१० लाख रुपैयाँले काठमाडौंको पाखाभित्तामा चारआना जग्गा किन्न सकिन्छ । त्यति नै रुपैयाँ खर्चंदा एउटा टहरा बन्न सक्छ । पैसा चिन्नेले यो रकम खेलाएर राम्रै आयआर्जन गर्न सक्छन् । तर, सन्ध्या लामाले १० लाख रुपैयाँ खर्चेर गत साउन २४ गते लिंग परिवर्तन गरेकी छन् ।
उनले थाइल्याण्डको बैंककमा पुरुष अंग हटाएर महिला यौनांग प्रत्यारोपण गरेकी हुन् । झण्डै ६ घण्टा लगाएर अंग प्रत्यारोपणपछि पूर्णरूपमा महिला बनेकी छन् । ‘महिला यौनांग प्रत्यारोपण गर्ने पहिल्यैदेखिको इच्छा थियो,’ सहयात्री समाज वीरगञ्जकी कार्यक्रम संयोजक उनले सुनाइन्, ‘आर्थिक अभावले बल्लतल्ल रहर पूरा गर्न सम्भव भयो । लिंग परिवर्तनपछि असाध्यै खुशी छु ।’

जन्मँदा पुरुष भए पनि बिस्तारै महिलाको स्वभाव देखिन थालेको बताउने उनी शारीरिक अंगसमेत महिलाको भएकोमा दंग छिन् । घरपरिवारको सल्लाहमै लिंग परिवर्तन गर्न एक्लै थाइल्याण्ड पुग्दा चिकित्सकले विनासंरक्षक शल्यक्रिया नगर्ने भनेपछि इटालियन र कम्बोडियन साथीलाई साक्षी राखेर लिंग परिवर्तन गराएकी हुन् । लिंग परिवर्तन गरे पनि बच्चा जन्माउन सक्दिनन् किनकि पाठेघर छैन । पाठेघर नभएपछि सन्तानसुखको परिकल्पना गर्न सकिँदैन । तैपनि खुशी व्यक्त गरिन्, ‘पाठेघर प्रत्यारोपण गर्ने सोच बनाएकी छु । अमेरिकामा पाठेघर प्रत्यारोण गरेर सन्तान जन्माउनेहरूको समाचार पढेकी थिएँ । म पनि ढिलोचाँडो यो काम गर्नेछु ।’ त्यसो भएपछि सन्तानसुख नहुँदा वैवाहिक जीवन कस्तो होला भनेर चिन्ता गर्नै पर्दैन । उनी विदेशी नागरिकसँग प्रेममा छिन् ।

लिंग परिवर्तनपछि ‘एनल’ र ‘ओरल सेक्स’ गर्नुपर्ने बाध्यता हटेको उनले बताइन् । झण्डै दश वर्षदेखि तेस्रोलिंगीका रूपमा परिचित उनको भनाइ छ, ‘अब पुरुष र महिलाले जस्तै सेक्सुअल रिलेसनसिप राख्न सकिन्छ ।’

हेटौंडा मकवानपुरनिवासी उनले झण्डै ६ वर्षअघि दुई लाख खर्चेर महिलाको झैं स्तन विकास गरेकी थिइन् । नागरिकतामा सञ्जीव लामा उल्लेख रहेकी उनी महिलाकै रूपमा नागरिकता निकाल्ने प्रयासमा छिन् । विश्व बैंकले सन् २००८ मा गरेको तेस्रोलिंगी सौन्दर्य प्रतियोगितामा ‘मिस व्युटी एण्ड ब्रेन’ को ताज पहिरिएकी उनले भोजपुरी चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने अवसर पाए नेपाली चलचित्र खेल्ने रहर भएको बताएको जन आस्थाले उल्लेख गरेको छ ।

रहरैरहरले भरिपूर्ण मानवजीवनमा एउटा पूरा गरेपछि अर्को रहर लाग्नु अस्वाभाविक होइन । लामाले स्तनको शल्यक्रिया गरेको ६ वर्षपछि लिंग परिवर्तन गरिन् । अबको रहर के होला ? भनिन्, ‘पाठेघर प्रत्यारोपण गर्ने योजना बनाएकी छु । त्यतिमात्रै होइन, पुरुषको स्वर परिवर्तन गरी महिलाको जस्तै बनाउन घाँटीको शल्यक्रिया गर्ने रहर छ । त्यो पनि पूरा गरेरै छाड्नेछु ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...