टोटनहमलाई स्तब्ध बनाउँदै युभेन्टस अन्तिम आठमा



हाम्रो इकोनोमि

दोस्रो हाफको तीन मिनेटमा अन्तरालमा दुई गोल गर्दै इंग्ल्सि क्लब टोटनहम हटस्पर्सलाई हराउँदै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पहिलो लेग टुरिनमा २–२ को बराबरीमा सकिएको खेलको दोस्रो लेगमा सन ह्युङ मिनले पहिलो हाफमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए थिए ।निकै रोमाञ्चक बनेको पहिलो हाफमा सन र ह्यारी केनले थुप्रै अवसर गुमाएका थिए भने जान भेर्टोगेनले डगलस कोस्टालाई लडाएपनि युभन्टेसले निश्चित पेनाल्टीको अवसर पाएन ।

खेलमा युभेन्टसले नियन्त्रण राखे पनि खेलको ६४ औँ मिनेटमा सामी खडिराको पासमा गोल गर्दै युभन्ेटेसलाई खेलमा फर्काउने प्रयास गरे ।यसको फाइदा उठाउँदै पाउलो डिबालाले तीन मिनेटपछि अर्को गोल थप्दै टोटनहमलाई स्तब्ध बनाए ।त्यसपछि युभन्टेसले खेलमा फर्कने प्रयास गरे पनि थप गोल गर्न सकेन ।

केनको प्रयास पोष्टमा लागे पनि गोल लाइनमा उर्फदै जाली चुम्न सकेन ।सन् २०१०–११ सिजनको क्वाटरफाइनलसम्म पुगेको स्पर्सको पछिल्लो १८ खेलमा पहिलो पराजय थियो भने युभन्टेस २२ नोभेम्बरदेखि २० खेलमा अपराजित रहेको छ ।योसँगै च्याम्पियन्स लिगबाट बाहिरिने स्पर्स पहिलो इंग्लिस टोली बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...