सौराहामा बीस देशका सयजना वैज्ञानिक



हाम्रो इकोनोमि

अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हँुदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ ।
नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी दिनुभयो ।

अध्यक्ष यादवले अन्तर्राष्ट्रियस्तरको अनुपातमा नेपालमा भएका अनुसन्धान कुन उचाइमा छ भन्ने विषयमा समेत छलफल हुने बताउनुभयो । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन तीन दिनसम्म चल्नेछ । आयोजकका अनुसार सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक र स्वदेशका १०० जना गरी २०० जना वैज्ञानिकको सहभागिता रहनेछ ।
संसारमा विज्ञान तथा प्रविधिले नै देश विकास, मानिसको जीवनशैली र कार्यक्षमतामा आमूल परिवर्तन ल्याएको भन्दै केन्द्रीय रसायन विभागका प्रमुख प्रा डा केदारनाथ घिमिरेले नेपालमा भएका स्रोत, साधनलाई परिचालन गर्नसके देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
उहाँले यस्ता खोज तथा अनुसन्धानमा नेपाली वैज्ञानिक सक्षम भएको चर्चा गर्दै सरकारको यसतर्फ ध्यान जानु जरुरी रहेको बताउनुभयो । संस्थाका सदस्य मनोजकुमार विष्टले यति ठूलो सम्मेलन पहिलोपटक चितवनमा हुन गइरहेकाले यसले चितवनको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

खुला वादविवाद प्रतियोगिता सम्पन्न

  मध्यनेपाल नगरपालिका–१० नेटा, थान्सिङस्थित गणेश मालिका माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय...