डा. केसी अदालतसामु माफी माग : मिसन सिन्धुलीगढी मोर्चा



हाम्रो इकोनोमि

मिसन सिन्धुलीगढी मोर्चाका अध्यक्ष विजय थापाले अनशनको नाममा पश्चिमा शक्तिहरुको आडमा अदालतमाथि प्रहार गरेको आरोप लगाउँदै डा. केसीलाई माफी माग्न आग्रह गरेका छन् ।

मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चाले डा. केसीलाई जनताकाबीचमा माफी माग्न आग्रह गरेको हो ।

रिपोर्टर्स क्लब नेपालमा मोर्चाले पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई माफी माग्न आग्रह गरेको हो ।

मोर्चाका अध्यक्ष थापाले ‘स्वास्थ्य क्षेत्रमा भएका विकृतिलाई रोक्नुपर्ने डा. केसीको माग जायज हो, तर सरकारको नुनपानी खाएर अस्पतालमै धर्ना दिनु जायज होईन, कि खुल्ला राजनीतिमा आउनुपर्यो, डा. केसीले माफिया, भष्ट्र, दलाल जस्ता शब्दहरु प्रयोग गर्नुहुन्छ तर प्रमाणित कसैलाई गर्नुहुन्न, यसरी राजनीति गर्न पाईदैन।’ थापाको प्रतिकृया छ ।

अध्यक्ष थापाले त्यस अवसरमा भने ‘राष्ट्रियता कडीमा जोख्दाखेरी कुनै कसर देखिएको खण्डमा हामीले कसैलाई छोड्दैनौं, हामी सशस्त्र मोर्चामा उभिएका छौं, राष्ट्रको अहित हुने काम गर्नेलाई हेरेर बस्दैनौ, अदालतले पुर्जी काटेको खण्डमा अदालत जान्न भन्ने केसी को हुन रु किन उनी अदालतसामु जादैनन् रु उनी कुन शक्तिको आडमा यस्तो काम गर्दैछन् रु त्यसको खोजी हुने कि नहुने रु अदालतको आदेशलाई मानेर अदालत जानु भएन भने हामी अस्पतालबाट उठाएर अदालतमा राख्छौँ ।’

त्यस्तै हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहराले अदालको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको बताएका छन् । उनले भने,‘लोकतन्त्र र कानूनी शासनको पक्षधर भएको नाताले अदालतमाथिको प्रहारलाई सामान्य रुपमा लिन सकिएन त्यसैले मैले डा। गोविन्द केसीको बिरुद्धमा मुद्धा दर्ता गराएको छु, उहाँले आफ्नो गल्तिलाई मानवीय त्रुटि भन्नुहुन्छ अरुको डुब्लीकेट भन्नुहुन्छ, यूरोपियन यूनियन शक्तिको भरमा अदालतमाथि हमला गर्ने कुरा कुनैपनि हालतमा स्विकार्य हुँदैन।’

डा. केसीको १४ पटकको अनशन र त्यसले उब्जाएका तरंगहरुले मुलुकको सर्वोच्चतामाथि प्रश्न चिन्ह खडा भएको भन्दै बोहराले शक्तिशाली नागरिकता आयोग गठनको माग गरेका छन् ।

उनले भने,‘मैले चुनाव अघि नै यो काम सक्नुपर्छ, नेपाली भन्दै गैरनेपालीहरुले नागरिकता प्राप्त गरेका छन् पहिले छानविन गरेर मात्र चुनाव जाउ र असली जनमत आउछ भनेको थिएँ, तर आज अदालतका नाममा भैरहेका अनेका दृश्यहरुले देखाउन खोजेका चित्रहरु सामान्य छैनन्, २०२० सालदेखि यता र २०६४ सालमा विशेषगरी मधेशमा हचुवाको भरमा नागरिकता बाँढियो त्यसले नेपालको राष्ट्रियतामाथि खतरा निम्त्यायो ।’

उनले अघि थपे,‘हाम्रो मुलुकमा २९ वटा राष्ट्रघाती समुहहरु खडा भएका छन् अब हाम्रो लडाई त्यस्ता समुह र राष्ट्रघातीहरुको बिरुद्धमा हो, हामीलाई कुनै डर छैन्, कसैको भर पनि छैन्, हामीले प्रत्यक्ष राष्ट्रपति, हिन्दुअधिराज्य र जनताको अधिकार हाम्रो मुलमन्त्र हो, यसमा विचलित हुँदैनौं, गणतन्त्र जनआन्दोलनबाट आएको हो, धर्मनिरपेक्षता र संघीयता बाह्य शक्तिको आडमा घुसाईएको हो, यसको खारेजी हाम्रो माग हो ।’

हाम्रो मुलुकलाई बाहृय शक्तिबाट खतरा रहेको बताउँदै बोहराले सजक हुनुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो मुलुकलाई बाहृय शक्तिहरुले क्रिडास्थल बनाउन खोजेका छन्, हाम्रो शसस्त्र आन्दोलन उनीहरुका बिरुद्धमा हुन्छ, पहिले हाम्रो अदालतमाथि भैरहेका सुनियोजित प्रहारलाई निरुत्साहित पार्नुछ ।’

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...