गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिने रिलायन्स एकेडेमीको लक्ष हो :खेम भुषाल (प्रिन्सिपल ,रिलायन्स इन्टरनेसनल एकेडेमी)



बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा संचालित रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल एबम रिलायन्स एजुकेशन नेटवर्कको बोर्ड अफ डिरेक्टर खेमलाल भुसाल  संग गरेको  कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 रिलायन्स इन्टरनेसनल एकेडेमी स्थापना कहिले भयो र यो स्थापना गर्नुको उदेश्य के रहेको थियो  ?

खेमलाल भुसाल : रिलायन्स इन्टरनेसनल एकेडेमी २०५० सालमा स्थापना भएको हो तर हामीले २०५५ साल देखि आयौ। यो भेग बाट धेरै बिद्यार्थीहरु बस चढेर टाढा टाढाका बिध्यालयमा गुणस्तरीय शिक्षाको लागि जानु पर्ने बाध्यताको कारणले गर्दा यो भेगका बालबालिकालाइ यहिनै गुणस्तरीय शिक्षा दिनु र्छ भन्ने हिसाबले हामीले यो बिद्यालय स्थापना गरेका  हौ। हाम्रो संचालक समितिमा ७ जना छौ तर पनि हाम्रो एउटा टिमले चलाएका छौ। जसले गर्दा यो नेटवर्क बनेको छ र हाम्रो ३ / ४ वटा विन्ग्सहरु  चलिरहेका  छन  ।

 रिलायन्स इन्टरनेसनल एकेडेमीको विशेषता केके रहेको छ ?

खेमलाल भुसाल : हामीले पढाईको साथ् साथै विद्यार्थीहरुको सर्वागिण बिकास गराउनुपर्छ र २१ औ शताब्दीमा संसारको बिभिन्न मुलुकका नागरिक संग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ भनेर  अरु बिभिन्न क्रियाकलापहरु गराउदै आएका छौ।हाम्रो अर्को विशेषता भनेको बिद्यार्थीहरुलाई कक्षाकोठाकै लागि भनेर निर्माण गरिएको कक्षाकोठामा पढाउने गरेका छौ ।साना अन्य प्रयोजन लागि भनेर बनाएका कोठाहरुमा बिद्यार्थी पढाउने गरेका छैनौ ।हामीले अहिले नया ब्लक बनाएका छौ। जुन भूकम्प प्रतिरोधी  रहेको छ भने त्यसमा तातो चिसो पनि रोक्ने किसिमको साउण्ड प्रुफ हिट प्रुफ किसिमका बिल्डिङ बनाएका छौ।यो क्षेत्रको लागि यो फरक तरिकाको बिल्डिङ पनि हो। हाम्रा सबै कक्षा कोठा बालमैत्री रहेका छन् अडियो भिडियो ,पावर पोइन्ट प्रिजेन्टेसन मार्फत पढाईरहेका छौ ।त्यस्तै  पर्याप्त सौचालय र राम्रो कन्डिसनका सौचालयहरु रहेका छन्।

 रिलायन्स इन्टरनेसनल एकेडेमी अन्य बिद्यालय भन्दा केमा फरक रहेको छ ?

खेमलाल भुसाल : अब शैक्षिकस्तरको हिसाबले हेर्दा खेरि पनि हामी यो काठमाडौंको पुर्बी बेल्टमा अगाडीनै भएको जस्तो लाग्छ। यो अभिभावकहरुले सामाजिक ब्यक्तित्वहरुले विचार गर्ने हो ।हाम्रो २०७० सालमा नेपालमा नेपाल फर्स्ट पनि भएको बिद्यालय हो ।लगातार हाम्रो विद्यार्थीहरुको नतिजा राम्रो आइरहेको छ। त्यसको अलवा बिभिन्न अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको छ ।त्यस्तै गरि हामीले सन्  २०१५ देखि २०१८ सम्म ब्रिटिस काउन्सिल र नेपाल शिक्षा मन्त्रालय नेपाल सरकारले संयुक्त रुपमा दिने आइ एस ए इन्टरनेसनल अवार्ड पनि हामीले प्राप्त गरेका छौ।अहिले हाम्रा विद्यार्थीहरुले विदेशका बिभिन्न बिद्यालयहरुका बिद्यार्थीहरु संग प्रोजेक्टहरु आदानप्रदान गर्छन। उनीहरुले अनलाइनमा होस् या भिडियो कन्फरेन्स मार्फत प्रोजेक्ट सेयर गर्छन ।साउथ एसियन स्कुलहरु संग जस्तै श्रीलंकाको, भारतको बिद्यालयहरुसंग युके युरोपका बिद्यालयहरु संग पनि हाम्रो विद्यालयको बिद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुले एक आपसमा आफ्ना प्रोजेक्टहरु आफ्ना पढाउने तरिका सस्कृति आदान प्रदान गरिरहेका हुन्छन ।

 यस विध्यालयमा छात्रवृत्तिका  केके योजनाहरु रहेका छन् ?

खेमलाल भुसाल: छात्रवृत्तिको स्किममा हामीले आफ्नो सेक्सनमा प्रथम हुने बिद्यार्थीलाइ दिन्छौ ।त्यस्तैगरी दुर्गमकोलाइ दलित, जनजाति, पिछडिएका वर्ग  ,जनआन्दोलनका घाइते, शहिद परिवारका बालबालिकालाइ र खेलकुदमा गायनमा, संगीतमा लगायत बिभिन्न विधामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पनि छात्रवृत्ति दिने गरेका छौ भने  सरकारले निर्धारण गरेको प्रतिसतमा पनि छात्रवृत्ति दिने गरेका छौ ।

विधालयका गतिविधिमा अभिभावकहरुलाई कसरी सहभागी गराउनु भएको छ ?

खेमलाल भुसाल :अभिभावकहरुलाइ हामीले समय समयमा छुट्टाछुट्टै रुपमा बोलाउने गरेका छौ र सामूहिकरुपमा पनि अन्तरक्रिया गर्ने गरेका छौ ।अभिभावकहरु संग नियमित सम्पर्कमा रहने गरेका छौ र उहाहरुले दिनु भएको सल्लाह सुझावलाइ मध्यनजर गर्दै अघि बढीरहेका छौ ।

 आम अभिभावकहरु कपन अनलाइन मार्फत के भन्न चाहानु हुन्छ  ?

खेमलाल भुसाल :म सम्पूर्ण कपन अनलाइन पढ्ने हेर्ने पाठकहरु मार्फत आम अभिभावकहरुलाई गुणस्तरीय शिक्षाको नाममा गाडी चढाएर ३ /४ घण्टा गाडीमा घुमाएर त्यसरी लैजानु पर्दैन।आहिले कपन भित्रै पनि राम्रा राम्रा बिद्यालयहरु स्थापना भएका छन् ।त्यसमध्यको एउटा हाम्रो रिलायन्स इन्टरनेसनल एकेडेमी पनि हो। त्यस्तै गरि रिलायन्स पब्लिक स्कुल छ र बालुवाखानीमा रिलायन्स को एड रहेको छ।त्यस्तैगरि अन्य बिद्यालयहरु पनि यहाँ रहेका छन्।  तसर्थ अभिभावकहरुले धेरै पैसा खर्च गरेर बसमा धेरै टाढा समय लगाएर विद्यार्थीहरुलाई टाढा पठाउनुपर्दैन।  त्यसैले आफ्नै घरनजिक भएको बिद्यालयहरुलाई बिश्वास गर्नुहो।स पक्कै पनि बिद्यालयहरुले राम्रो गुणस्तरीय शिक्षा दिन्छन्  ।

प्रतिक्रिया दिनुहोस
नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

भरतपुरमा स्कुल बसमा आगजनी

  चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल

जापान पठाइदिने भन्दै ३ करोड ठगी आरोपमा २ जना पक्राउ

      अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी