पर्यटन व्यवसायी सङ्गठनमा आचार्य



हाम्रो इकोनोमि

नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा मदनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।
शुक्रबार र शनिबार दुई दिनसम्म भएको संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले दुईवर्षीय कार्यकालका ५९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । संगठनका उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा चयन हुनुभएको छ ।

महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुसाल तथा सचिवमा शिव लामिछाने, कुमार थापा, वीरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइँटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...