उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन



हाम्रो इकोनोमि

उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गर्नुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताउनभयो । यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा यहाँका जनता रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जडीबुटी प्रशस्त मात्रामा भए पनि अझै पनि सही सदुपयोग हुन नसकेकाले प्रदेशमा भएका जल, जमिन, जडीबुटी, पर्यटनस्थललाई सही सदुपयोग गरेर अघि बढ्न यहाँका उद्योगी–व्यापारीलाई आग्रह गर्नुभयो ।

सुर्खेत उद्योग वाणिज्य संघको यू ट्युब च्यानल संघका हरेक गतिविधिलाई डिजिटल प्रविधिमार्फत बाहिर ल्याउनका लागि च्यानल सञ्चालन गरिएको संघका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । च्यानलले संघका हरेक कार्यक्रमका गतिविधिलाई दर्शकसमक्ष पु¥याउने र संघलाई सुशासन प्रवद्र्धनमा अगाडि बढ्न मद्दत मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...