नेपाल एअरलाइन्सबाटै कर्णालीको सहुलियत टिकट वितरण



हाम्रो इकोनोमि

नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एअरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा नेपाल एअरलाइन्स आफैँले लिने भएको छ ।

वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने दुरुपयोग रोक्न एअरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो ।

योभन्दा अगाडि सम्बन्धित जिल्लाका मान्छेद्वारा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिंदा दुरुपयोग भएको उहाँले बताउनुभयो ।

निजी विमान कम्पनीलाई बिरामी, अशक्त, अपांग र विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्नसमेत नागरिक प्राधिकरणले जारी गरेको पत्रमा उल्लेख छ ।

कर्णालीमा तारा, गोमा र सीता एअरलाइन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाइन्सले भने हप्तामा दुईवटा सहुलियत उडान गर्दै आएको छ ।

प्रायः निजी विमान कम्पनीले चार्टर उडानलाई प्राथमिकतामा राखेर सहुलियत उडानमा ढिलाइ गर्ने गरेकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथमिकतामा राखेर उडान गर्न निजी विमान कम्पनीलाई आग्रहसमेत गरिएकोे छ ।

नेपालगञ्जदेखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...