पेरुमा बस दुर्घटनामा परी ४४ जनाको मृत्यु



हाम्रो इकोनोमि

पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ ।

लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उहाँले बताउनुभयो ।

गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिनुभयो ।

गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो ।

अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...