रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए



हाम्रो इकोनोमि

दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ ।

विद्रोहीको बलियो प्रभाव रहेको यस इलाकामा विद्रोहीलक्षित मङ्गलबार गरिएको सो हवाई कारबाहीमा १९ बालबालिकासहित कम्तीमा १०६ सर्वसाधारण मारिएका अब्जरभेटरी जनाएको छ । त्यसैगरी सोमबार पनि गुटामा भएको हवाई कारबाहीमा परी १२७ भन्दा बढी व्यक्ति मारिएका थिए ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । यस यस प्रंकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गर्नु भएको थियो । हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उहाँले दिनु भएको थियो ।

गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ ।,

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट्स हाबी हँुदै गयो । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...